
बागलुङ भदौ २९
बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ मा पुरानो जीर्ण रहेको घर भत्काइ पुनःनिर्माण गर्ने क्रममा घरको गाराेमा पहिराे जादा एकजनाकाे मजदुरको मृत्युु भएको छ भने ११ जना मजदुर घाइते भएका छन् ।
घर बनाउदै गर्दा बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ का ५५ बर्षिय मजदुर बेग बहादुर विकको मृत्युु भएको छ ।यस्तै बागलुङ ढाेरपाटन नगरपालिका १ स्वामीचाेकमा रहेको वेगबहादुर विकको जीर्ण अवस्था रहेको घर पुनःनिर्माण गर्ने क्रममा घरकाे गाराे ढुंगा माटाेले च्यापिएर शंकर पन्थी ,सुगान्त पाैडेल ,खड्ग विक ,इन्द्र रसाइली ,काेपिला छन्त्याल ,शुभ बुढामगर ,देविसरा विक ,किथम कुमारी विक ,किखममाया घर्ती ,टेकबहादुर विक,र टेकमाया रसाइली घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारीले बताए ।
घाइतेहरूकाे उपचारको लागि बुर्तिवाङ स्वास्थ केन्द्र बागलुङ पठाइएको छ ।











