काठमाडौ भदौ ३०
आम नागरिकलाई घर दैलाेमा स्वास्थ सेवा दिने उदेश्यले
नेपाल देशभक्त युवा शक्ति केन्द्र काठमाडौकाे आयोजनामा
बृहत् नि;शुल्क दन्त स्वास्थ शिविर तथा बृहत् रक्तदान कार्यक्रम नयाँ बानेश्वरमा चाेकमा सम्पन्न भएको छ ।
समाज डेन्टल हस्पिटल हाेप हस्पिटल लायन्स क्लब अफ काठमाडौं सिद्वार्थ गाैतम ,पन्चकुमारी विकास समिति लगायतका सामाजिक संघसंस्थाको आयोजनामा बृहत् स्वास्थ शिविर आयोजना गरि आम नागरिकबाट बृहत् रक्तदान कार्यक्रम गरेर काठमाडौंमा स्वास्थ उपचारको लागि अभाव हुदै आएको रगतमा यसले मद्दत पुर्याउने आयोजकले जनाएको छ ।
संस्थाले हरेक बर्ष स्वास्थ्य शिविर आयोजना गरेर आम नागरिकलाई स्वास्थ सेवा दिनुका साथै समाजमा रहेका ब्यक्तिहरू संग भेटघाट गर्नुका साथै भाइचारा सम्बन्ध कायम गर्ने उदेश्य रहेको अध्यक्ष केशव सिलवालले बताए ।
कार्यक्रममा ५७ जनाले रक्तदान गर्नुका साथै १७२जनाकाे निशुल्क दाँतकाे परिक्षण सुगर जाँच ६८ जनाकाे गरिएको थियोे ।