समाचार

ढोरपाटनमा बोलेराे जिप दुर्घटना

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ मस्तीमा बोलेरो जिप दुर्घटना भएको छ । ग २ च २३१४ नम्बरको बोलेरोजिप बुर्तिबाङ बाट वडा नं ५ को चौर जानेक्रममा उकालोमा पानि परेको कारण चिप्लियर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक राज कुमार वि.कले बताउनुभयो । घाईतेको उद्धार गरेर उपचारको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको निरिक्षक वि.कले बताउनुभयो । घाईतेको संख्या एकिन नभएको र घाईते सबै सामान्य रहेको प्रहरी निरिक्षक वि.कले बताउनु भयो । पुरा पढौ

क्यानले सन्दीप लामिछानेलाइ बिश्वकप क्रिकेट खेल्न पठाउने

काठमाडौं ।उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । ‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली… पुरा पढौ

उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई  उच्च अदालत पाटनले  निर्दोष ठहर गरेको छ ।बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै  जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको हो।  उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनमाथि लागेको आरोप बदर गर्दै खेलमा लागेको प्रतिबन्ध फुकुवा गर्ने आदेश दिएको छ।  यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त… पुरा पढौ

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, २ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताउनुभएको छ । नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ, आर्थिक विस्तारमा सहयोग गर्छ… पुरा पढौ

गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका… पुरा पढौ

ट्राफिक प्रहरीको स्वास्थ्य जाँच

बागलुङ/ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङ र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले बताउनुभयो । बढ्दो जनघनत्व र सवारी चापले अव्यवस्थित बनेको बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न अहोरात्र खट्ने ट्राफिक प्रहरीको स्वास्थ्य चुस्त राख्न धाैलागिरि अस्पताल बागलुङको समन्वयमा सुगर, पिसाब जाँच र इसिजी गरिएको हो । पुरा पढौ

दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुने   प्रधानमन्त्रीकाे दावी ?

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ । पूर्वी चितवनमा आज भएको माआ‌ेवादी अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो ।“सदनको गतिरोध अन्त्य भइसकेको छैन,” उहाँले भन्नुभयो, “आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।” सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको स्थीरतामा कुनै समस्या… पुरा पढौ

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुने

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताउनुभएको छ । खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा प्रवाह हुने सेवालाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । “स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन र सुशासन कायम भएमा मात्रै सङ्घीयताको औचित्य स्थापित हुन सक्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसैले स्थानीय जनप्रतिनिधि जिम्मेवार र जनउत्तरदायी हुनुपर्छ ।” गाउँमा आएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै प्रधानमन्त्री… पुरा पढौ

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी ?

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताउनुभएको छ । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताउनुभयो । “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सडक पूर्वाधार,… पुरा पढौ

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइने तयारी

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताउनुभएको छ । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो । “पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,… पुरा पढौ