बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा आइतबार देखि बृहद् ब्रह्मयज्ञ शुरू भएको छ । संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरको उद्घाटनसँगै ब्रह्मयज्ञ आयोजना गरिएको हो । यज्ञको सर्वसिद्धि धाम पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयचार्यले उद्घाटन गर्नुभएको थियोे ।पहिलो दिन कुँडुलेबाट कालिगण्डकी नदिसम्म शोभायात्रा सहित अनुज्ञा प्रार्थना गरि शालग्राम संग्रहालय प्राङगणमा महायज्ञको समुदघाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वामी नयनाचार्यले राष्ट्र, राष्ट्रियता, शान्ति, मानवता, वैदिक सनातन…
पुरा पढौ