सडक डिभिजन बागलुङमा तमासा: कार्यालय समयमा खसी काटेर पार्टीको तयारी

-


     राम प्रसाद घिमिरे     
     असार २४ गते २०८० मा प्रकाशित


नेपाल सरकारले जनताको सेवाका लागि भन्दै सरकारी कर्मचारीहरुको कार्यालय समय, सेवा-सुविधा लगायतका कुराहरूमा निश्चित गरी नियम लागू गरेको छ । तर यो नियमको उलंघन गर्दै सरकारी कर्मचाहरुले बेलाबेलामा नियम बिपरितका कार्यहरु गर्दै आएको देखिन्छ । यस्तै नियम बिपरितको घटना घटेको छ बागलुङको एक सरकारी कार्यालयमा ।

बागलुङ जिल्लाको सदरमुकाममा रहेको सडक डिभिजन कार्यालयमा आइतबार दिउँसो कार्यालय समय मै कार्यालय परिसरमा खसीकाटेर भोजभतेरको तयारी गरिरहेको तथ्य बाहिरिएको हो ।

आइतबार दिउँसो १ बजे कार्यालयमा जाँदा कार्यालय परिसरमै खसी काटेर पार्टीको तयारी गरिरहेको देखिन्थ्यो । हेर्नुहोस् यो फोटो

सेवाग्राहीबाट गुनासो आएपछि कार्यालय परिसरमा पुग्दा कार्यालयका केही कर्मचारी खसी काट्न ब्यस्त देखिन्थे ।

कार्यालय समयमा कार्यालय परिसरमा नियमको धज्जी उडाउँदै किन खसी काटिएको हो भन्ने प्रश्नमा कार्यालयका इन्जिनियर कृष्ण बहादुर खड्काले कार्यालय समयमा खसीकाट्ने कार्य राम्रो नभएको तर केहीदिन देखि निकै चापमा काम गरेकाले रमाइलोका लागि यसो गरिएको गैरजिम्मेवार जवाफ दिए ।

कार्यालय परिसरमा नियम विपरीतको क्रियाकलापको बिषयमा कार्यालय प्रमुख डिभिजन इन्जिनियर अनुक्षा घिमिरेलाई सोध्न खोज्दा आफू फिल्डमा रहेको भन्दै बोल्न चाहिनन् ।

उता जिल्लाको सम्पूर्ण सरकारी कार्यालयको नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई यो कुरा सुनाउँदा यसबारेमा थप अनुसन्धान गरि संलग्नलाई कानुनको दायरामा ल्याउने भताउनुभयो ।

जनताको सेवामा खटिने कर्मचारी र सेवा प्रवाह गर्ने कार्यालयमै गैरकानुनी कार्यगर्दा कार्यालयको सेवा प्रवाहमाथि नै प्रश्न उठ्न थालेको छ ।