
बागलुङको गलकोट नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।
नगरपालिकाको वडा नं ५ भैँसे स्थित खरबारीमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव ताराखोला गाँउपालिका वडा नं ५ का ४० वर्षिय झलिराम पुनमगरको रहेको इलाका प्रहरी कार्यलय गलकोटले जनाएको छ । प्रहरीका अनुसार शनिवार बिहान करिब सवा ८ बजेको समयमा खरबारीको बाटो हुँदै हिड्ने क्रममा एक स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक पुन श्रीमती सँगै गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा डेरा गरि बस्दै आएका बताइएको छ। घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









