समाचार

सम्पर्कविहीन जहाज मानापाथी हिमालको फेदमा

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए ।अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ । पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो । पुरा पढौ

“पाइलट घिमिरेको मोबाइलमा घण्टी गइरहेको छ, खोजिरहेका छौं” महाप्रवन्धक ठाकुर

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका महाप्रवन्धक ठाकुरले जानकारी दिए।’ मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव… पुरा पढौ

सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

साङ्केतिक तस्बिर पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीन अटर (एनएईटी) विमान अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १०ः०७ बजे म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको… पुरा पढौ

अध्यक्ष अधिकारीको पहलमा बिरामी महिलाको हेलिकप्टर मार्फत उद्धार

बागलुङको बडिगाड गाउँपालिकामा एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडिगाड गाउँपालिका-८ रणसिंहकिटेनि निवासी ७९ वर्षीय दिलमाया पाइजाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । मुटु सम्बन्धि समस्या रहेकि पाइजाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको पहलमा हेलिकप्टर मार्फत उद्धार गरि पोखरा स्थित मणिपाल अस्पताल पठाईएको हो । पालिकाको रणसिहंकिटेनि निवासी पाइजा बिरामि परेपछि उपचारकोलागि अस्पताल ल्याउँदै गर्दा आकस्मिक उद्धार आवश्यक परेसँगै अधिकारीको पहलमा पालिकाको वडा नम्बर-७ भिङगिठेको पुरानो आर्मि ब्यारेकबाट उद्धार गरि पोखरा पठाइएको पालिका अध्यक्ष… पुरा पढौ

३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? (विवरणसहित)

देशमा स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम करिबकरिब आइसकेको छ । बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ । यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्कन गरी विशेषतस् दुई मान्यता स्थापित गर्न खोजेको… पुरा पढौ

बागलुङ नगरपालिकाका मेयर कुचो लिएर सरसफाइ अभियानमा

स्थानीय तहको निर्वाचन संगै सबैभन्दा बढी चर्चामा आउनु भएका जनप्रतिनिधि मध्य एक नम्बरमा पर्ने काठमाडौका वालेन साह र धरानका हर्कराज साप्पाङ्ग राई हुन् ।स्वतन्त्र रूपमा जनताको मन जितेर चुनाव जित्न सफल यी दुई पात्रको चर्चा यतिबेला देशभर छ । धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेकाे खबर सार्वजनिक भए संगै बागलुङ नगरपालिका मेयर बसन्त कुमार श्रेष्ठले हातमा कुचो लिएर शनिबार एकाएक बागलुङ नगरपालिका बसेकाे कार्यालय परिसरमा सरसफाइ गरेर अभियानमा जुटेका… पुरा पढौ

स्थानीय सरकार र संचार जगत एक अर्काको पुरक शक्ति

बागलुङ ।नेपाल प्रेस युनियनकाे ३१ आ‌‌‌‌ै स्थापना दिवसकाे अवसरमा स्थानीय सरकार र पत्रकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बक्ताहरूले स्थानीय सरकार र पत्रकारको भुमिका समन्वयकारी भएको खण्डमा मात्रै स्थानीय सरकारले खाेजेकाे लक्ष्य पूरा हुने धारणा राखेका थिए ।अहिले सबैको आशाको केन्द्र भनेको स्थानीय सरकार ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई वास्तविक रूपमा सरकार भएको अनुभुती दिलाउने भुमिका संचार माध्यमले खेल्नुपर्ने त्यसको लागि स्थानीय तहको भुमिका पनि त्यहीँ अनुपातमा हुनुपर्ने धारणा राखेका थिए । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त… पुरा पढौ

नवनिर्वाचित जनप्रतिनिधिलाई मानव सेवा आश्रमकाे स्वागत

बागलुङ ।मानव सेवा आश्रम बागलुङले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । आश्रममा आयाेजित स्वागत कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुखराजु खड्का ,लगायत वडा अध्यक्ष ,वडा सदस्यहरूलाई खादा लगाएर आश्रमका अभिभावकहरूले स्वागत गरेका थिए । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले मानव सेवा आश्रमको लागि आफ्नो तर्फबाट सक्दाे सहयोग र पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । बागलुङ नगरपालिकाले अभिभावकत्व ग्रहण… पुरा पढौ

आगलागी भएको घरमा पुगे जनप्रतिनिधि

बागलुङ बजार देखि अक्षेते सडक खण्डको बोक्से मध्यपहाडि लोकमार्ग नजिकै पर्ने जगन्नाथ शर्मा उपाध्यायकाे घरमा आगलागी भए लगत्तै बागलुङ नगरपालिकाका जनप्रतिनिधि घरमा पुगेर क्षतिकाे विवरण लिएका छन् । बिद्धुत सर्ट भएर भिषण आगलागी भएको उपाध्यायकाे घरमा पुगेर बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मण केसी शनिले आगलागीबाट जलेर क्षति भएको विवरण लिनुका साथै वडा बाट गर्न सकिने सहयोग गर्ने बताउनुभयाे । आगलागीबाट घरकाे एउटा खण्ड पुर्ण रूपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको अन्नपात काठ लगायतका… पुरा पढौ

बागलुङमा बिद्धुत सर्ट हुँदा आगलागी

साङ्केतिक तस्बिर बागलुङ नगरपालिका वडा नम्बर-३ बोक्सेखाल्टा नजिकै एक घरमा आगलागी भएको छ । बागलुङ बजार देखि अक्षेते सडक खण्डको बोक्से मध्यपहाडि लोकमार्ग नजिकै पर्ने जगन्नाथ गौतमको घरमा बिद्धुत सर्ट भएर भिषण आगलागी भएको परिवारले जनाएको छ ।आगलागीबाट एक घर पुर्ण रुपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किसकेको र आडैमा रहेको घरमा समेत आगो सुरुभएको परिवारका सदस्य गंगा गौतमले बताउनुभयो । घरमा आगलागी भएको खवर गरेसँगै नगरपालिकाको दमकल घटनास्थलमा पुगी आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी… पुरा पढौ