
बागलुङ बजारमा रहेका मासु पसलहरुले मासु भण्डारणमा लाप्रवाही गर्ने गरेको फेला परेको छ । चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्न गरिएको मासु पसलमा अनुगमन क्रममा भण्डारणमा लाप्रवाही गर्ने गरेको फेला परेको हो।
मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि बागलुङ बजारका अधिकांस माछा तथा मासु पसलहरुले रातको समयमा फ्रिज बन्द गर्ने गरेको फेला परेको छ । रातभरी फ्रिजमा विद्युत लगाउँदा मासु निकाल्नै नसक्ने गरी जम्ने गरेको भन्दै व्यावसायीले अफ्नो सहजताको लागि विद्युत बन्द गर्ने गरेका छन्।
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, खाद्यप्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भेटिरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र समेतको सहभागिमा भएको अनुगमनमा मापदण्ड विपरीत मासुको भण्डारण भएको पाईएको हो । ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिने भएपनि व्यवसायीले भण्डारणमा लाप्रवाही गर्दा उपभोक्त मारमा पर्ने गरेका छन् । सामान्य फ्रिजमा भन्दा डि फ्रिजमा मासु राख्नु उपयुक्त हुन्छ ।
बागलुङका मासु पसलहरु वैज्ञानिक तरवरले निर्माण र सञ्चालन भएका छैनन् । त्यहाँ हुने लापरवाहीको कारण उपभोक्तामा ब्याक्टेरियाले संक्रमण गर्ने, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा विभिन्न खालका रोग सर्ने जोखिम रहेको देखिएको छ।
‘फ्रिज बन्द गरेर मासु भण्डारण गर्न पाईंदैन् तर बागलुङ बजारमा भएका मासु पसलहरुले ‘फ्रिज बन्द गरेर मासु भण्डारण गर्ने गरेका छन् । अनुगमनको क्रममा नियमानुसारको तापक्रम व्यवस्थापन गर्न निर्देशन दिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । अनुगमन गरिएकामध्ये अधिकांश मासु पसलहरुले फ्रिज बन्द गरेको भेटिएको अव गरिने छड्के अनुगनमा त्यस्तो लाप्रवाही गरेमा कारवाही हुने बरालले बतानु भयो ।
अनुगमन टोलीले मिष्ठान्न पसलहरुको पनि अनुगमन गरेको थियो । अधिकांश मिष्ठान्न पसलमा सरसफाईलाई थप व्यवस्थित गराउनुपर्ने पाईएको बरालले जानकारी दिनु भयो । केही मिष्ठान्न पसलले कामदार राखेर नियुक्ती नदिएको पाईएकाले तत्काल नियुक्ती दिन निर्देशन दिएको बताउनु भयो ।









