राजेशचन्द्र राजभण्डारी
बागलुङ ,मृगौला तथा कलेजाे राेगबाट पिडितहरूलाई सेवा दिने उदेश्यले दुई दिने स्वास्थ परिक्षण शिविर बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोग राेटरी क्बव अफ बागलुङको आयोजनामा भएको दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरमा ७२८ जनाको स्वास्थ परिक्षण गरिएको थियो ।धाैलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रवि रन्जन प्रधान सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर आस्था कार्की ,जस्मिन जाेशी ,अल्ट्रासाउन्ड ३०० जनाकाे गरिएको थियो ।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ,राेटरी क्लब अफ बागलुङ र धाैलागिरि अस्पताल बागलुङले सहकार्य गरेर आगामी दिन यस्तै खालको स्वास्थ शिविर संचालन गरेर सेवा दिने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा ४ जना बागलुङ नगरपालिका पुनम प्रसाद शर्मा ,लक्ष्मी जिसी कार्की र दिपेन्द्र घिमिरे र बिना कार्कीले अंग दान गर्नेहरूलाइ परिचयपत्र प्रदान गरिएको थियो ।
क्लबले स्वास्थ्य शिविर संचालन गरेर सहयोग गर्ने डाक्टर स्वास्थ्यकर्मीकाे टिम लाई प्रसंसापत्र मायाको चिनाे बाट सम्मान गरेको थियो ।























