
बागलुङ नगरपालिकाले म्याद सकिन थालेका खाद्य सामग्री खुद्रा विक्रेतालाई सप्लाइ नगर्न होलसेल व्यावसायीलाई आग्रह गरेको छ ।
बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा भएको बागलुङका होलसेल व्यावसायीसँगको बैठकमा म्याद सकिन थालेका खाद्य सामग्री बजारमा नपठाउन आग्रह गरिएको हो ।
दसैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती फेला परेको भन्दै बागलुङ नगरपालिकाले बागलुङका होलसेल व्यावसायीसँग छलफल गरेको थियो । बैठकले विभिन्न कम्पनीका डिलर तथा होलसेल व्यावसायीहरुले बजारमा म्याद सकिएका खाद्य सामग्री भए नभएको नियमित हेरी त्यस्ता सामानहरु समय समय समयमा फिर्ता लैजाने निर्णय भएको छ । त्यस्तै विल विना कुनै पनि सामान खरिद विक्रि नगर्ने, बागलुङमा भित्रीने सवै सामानहरुको उत्पादक कम्पनीहरुको विवरण डिलर एसोसिएशनले बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यलयमा उपलव्ध गराउने, खाद्य सामाग्रीहरु उत्पादकहरुले उत्पादन मिति, म्याद सकिने मिति र उपभोग्य अवधी स्पष्ट रुपमा देखिने गरि लेवल लगाउन सम्वन्धित उत्पादन कम्पनीलाई हनुरोध गर्ने लगाएतका निर्णय गरिएको छ । सो अवसरमा बागलुङका होलसेल व्यवासयीले बाहिरबाट आउने व्यवसायीले मिति उपभोग्य मिति सकिन थालेका सामान बागलुङ ल्याई सस्तोमा बेत्ने गरेकोले त्यसको नियन्त्रण गरिदिन आग्रह गरेका थिए । उनिहरुले कम्पनीले उत्पादन तथा उपभोग्य अवधी स्पष्ट देखीने ठाँउमा ठूला अक्षरमा देख्ने गरि नलेखेर छेउ तथा छोपिने ठाँउमा राख्ने गरेको कारण धेरै जसो समानको म्याद सकिदा सम्म व्यवसायीले थाहा नपाउने गरेको बताएका थिए ।
बागलुङ बजारका खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बर्नभिटा, चिउरा, भुजिया, आटा आलु चिप्स लगायतका खाद्यवस्तु र पेयपदार्थ म्याद नाघेका फेला परेको छ । दसैंको मौका छोप्दै व्यापारीहरूले सही म्याद नाघेका खाद्य सामग्रीलाई व्यापारीले उपभोक्तालाई झुक्याएर बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।
म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई विक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएकोले सवै सचेत बन्न जरुरी रहेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो।
बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेकोले चाडपर्व नजिकिरहेकाले स्थानिय प्रशासन सहित सरोकारवालाहरुसँग समन्वय गरी बजार अनुगमनको कार्यलाई तिब्रता दिइएको नगर उपप्रमुख खड्काले बताउनु भयो । ।















