राजेशचन्द्र राजभण्डारी
बागलुङ ,मृगौला राेगीले हजारौं रूपैयाँ खर्च गरेर राजधानी लगायतका अस्पतालमा उपचार गराइरहेको समयमा अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्वल अफ बागलुङले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर मार्फत बिरामीको पहिचान गरेर परिक्षण शुरू गरिएको छ ।
यतिबेला खानपान लगायतका कारण बाट मृगौला तथा कलेजाे राेगका बिरामी दिनप्रतिदिन बढेर गइरहेकाे समयमा जिल्लामा नै निशुल्क स्वास्थ सेवा दिने उदेश्यले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा मृगौला राेगीकाे ङपरिक्षण गरिएको छ ।
धाैलागिरि अस्पतालमा नियमित रूपमा डाइलासेस गरिरहेका बिरामीलाई लक्षित गरेर क्लबले बागलुङमा क्याम्प संचालन गरेको राेटरी क्बल अफ बागलुङका अध्यक्ष दिपेन्द्र घिमिरेले बताए ।
धाैलागिरि अस्पतालकाे स्तरउन्ति गरेर यहीँबाट मृगौला लगायतका अंग प्रत्यारोपण गर्ने सेवा दिने बारे साेच्नु पर्ने बेला आएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए ।
मृगौला प्रत्यारोपण गरेको ८ बर्ष भइक्याे अझै पनि बेलाबेलामा स्वास्थ चेकजाँच गरिरहनुपर्छ काठमाडौ सम्म पुगेर उपचार गराउदा खर्च धेरै झझंट धेरै हुनेगरेकाे कारणले जिल्लामै उपचार सेवा मिलाउन सके सहज हुने मृगौला प्रत्यारोपण गरेका बिरामी बिमला मल्लले बताए ।
११ बर्ष देखि नेपाल मै अंग प्रत्यारोपण अस्पताल स्थापना संगै अहिलेसम्म ११ हजार जना मृगौला पिडितले प्रत्यारोपण गरेको ३ जनाको कलाेजाे प्रत्यारोपण भएको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र अस्पतालका मृगौला राेग बिशेषज्ञ डाक्टर दीपा ले बताए ।
धाैलागिरि अस्पताल बागलुङमा अहिले नियमितरूपमा ३९ जना मृगौला फेल भएका बिरामीहरूले डाइलासिस गराइरहेका छन् भने २८ जना बिरामीले उपचारको लागि पालाे पर्खिएर बसिरहेका छन् ।
अस्पतालमा गएर नियमितरूपमा गरिने डाइलासिस मृगौला राेगकाे उपचार नभएको हुदा मृगौला ट्रासपलान्ट गर्नुपर्ने बिशेषज्ञ डाक्टरकाे सल्लाह सुझाव भएपनि भनेको समयमा मृगौला नपाउने राजधानीमा गएर लाखौं रूपैयाँ खर्च गरेर उपचार गर्ने हैसियत नभएकाे कारणले पनि अस्पतालमै बागलुङ ,पर्वत र म्याग्दीका बिरामीले नियमित डाइलासिस गर्ने बाध्य छन् ।
जिल्लामा मृगौला फेल भएका बिरामीले डायलाइसिस सेवा सहज रूपमा पाउन नसक्ने अवस्था बन्दै गएको छ। बिरामीको चाप बढ्दै जाँदा सेवा दिने अस्पतालमा मेसिनको अभाव, ठाउँको अभाव, जनशक्तिको अभाव जस्ता कारणले डायलाइसिस सेवा जटिल बन्दै गएको छ ।
सरकारले शिक्षा र स्वास्थ निशुल्क भनी संविधानमा लेखेपनि त्यो ब्यवहार भने अहिलेसम्म लागुहुन नसक्दा गरिव तथा विपन्न वर्गका ब्यक्तिहरू राेग पालेर बस्न बाध्य छन् ।
राेटरी क्लब अफ बागलुङका अध्यक्ष दिपेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका रामकृष्ण शर्मा संचालन क्लबका निशान खड्काले गरेका थिए ।




















