समाचार

चुनावी प्रचारमा पाँच दलीय गठबन्धन: बागलुङ नगरपालिकाको नारायणस्थानबाट सुरु

बैशाख ३० गतेको स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै पाँच दलीय गठबन्धन चुनावी मैदानमा होमिएको छ । गठबन्धनले आज शनिबारदेखि बागलुङ नगरपालिकाकाे वडा नम्बर १४ नारायणस्थानबाट चुनावी प्रचारप्रसार कार्यक्रम सुरु गरेको हो । बागलुङ नगरपालिकाको मेयरका उमेदवार बसन्त कुमार श्रेष्ठ, उप मेयरका उमेदवार राजु खड्का लगायत वडा अध्यक्ष, सदस्य सहित पाँच दलीय गठबन्धनका जिल्ला नेताहरूको उपस्थितिमा चुनावी कार्यक्रमको सुभारम्भं गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा सर्वप्रथम मितव्ययीता र सुशासन कायम गर्नका निम्ती पाँच दलिय गठबन्धनका उम्मेदवारलाई… पुरा पढौ

२५० किलो बहुमुल्य जडिबुटी सहित १ महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले २५० किलो अवैध बहुमल्य जडिबुटी सहित १ महिला नियन्त्रणलाई नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका १ मालढुङ्गामा चेकजाँचका क्रममा १० बोरा सुनाखरी जस्तो देखिने अबैध जडिबुटी सहित प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका-३ की देवी के.सी.ले काठमाडौं लैजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बागलुङबाट काठमाडौं जाँदैगरेको बा ५ ख २७४५ नम्बरको बसमा चेकजाँचको क्रममा २ क्विन्टल २० केजी २ सय ३७ ग्राम बहुमुल्य… पुरा पढौ

माआ‌ेवादी केन्द्रका नेता आउदा पनि ताराखाेला गाउँ पालिकामा भएन उमेदवारी फिर्ता

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन पार्टीले विवेक प्रयोग नगरि जथाभावी रूपमा टिकट दिएको भन्दै बागलुङ तारा खाेला गाउँ पालिकाका तत्कालीन गाउँ विकासका अध्यक्ष प्रकाश घर्तीले अध्यक्ष पदमा दिएको उमेदवारी फिर्ता गराउने प्रयास असफल भएको छ ।माआ‌ेवादी केन्द्रका नेता देवेन्द्र पराजुलीलाई माआ‌ेवादी केन्द्रले स्थानीय तहमा भएको विवाद मिलाउन आएका नेता रित्ताे हात फर्किएका छन् । पार्टीले ताराखाेला गाउँ पालिकामा धनबहादुर विक हिमाल लाई टिकट दिएपछि तत्कालीन अध्यक्ष घर्तीले अध्यक्ष पदमा स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए ।निर्वाचन अधिकृतकाे कार्यालयमा नाम फिर्ता… पुरा पढौ

मातातिर्थ औंसीबारे के कस्तो धारणा राख्नुहुन्छ ?

घर घरमा मातातिर्थ आ‌‌‌‌‌ैसी आज भब्य रूपले मनाउँदै छाै । सामाजिक संजालका भित्ता आमाको फाेटाेले भरिएका छन् ।घरमा भएको बृद्व आमालाइ घरमा एक्लै छाेडेर छाेराछाेरीहरू अस्ट्रेलिया ,जापान ,अमेरिका ,क्यानडा ,लगायतका मुलुकमा जाने क्रम समेत बढेर गइरहेको छ ।बर्षमा एकदिन मनाउने माता तिर्थ आ‌ैसी मात्रै कर्मकाण्डे बन्दै गइरहेको बेला अहिले नेपालमा मनाइने आमाको मुख हेर्ने दिन अर्थात् आमा आ‌ैसी बारे कस्तो बिचार ब्यक्त गर्छन् समाजका दिदीबहिनीहरू हिडन खबरले गरेका प्रश्न र जवाफ आजको बिचारमा पस्केका छाै । सुमिरा लामा अभियन्ता मानव… पुरा पढौ

एमाले जिल्ला सचिव एवं मेयर उम्मेदवार केसीको ‘छाडा संवाद’ छरपस्ट, नैतिक संकटमा एमाले (भिडियो सहित)

राष्ट्रपतिको हातबाट पदक पाएको १० दिनमै पूर्वको ताप्लेजुङकी मालपोत हाकिम लेखा पनेरु रङ्गे हात समातिएको चर्चा सेलाउन नपाउँदै पश्चिममा समेत यसरी नै रास्ट्रपतिद्वारा पुरस्कृत त्यस्तै एक होनहार पात्रको चपाउने दाँत सार्वजनिक भएको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिकाका मेयर उम्मेदवारले महिलासँग छाडा सम्वाद गरेको अडियो-भिडियो आजै बाहिरिएको छ । एमाले जिल्ला सचिव र हाल मेयर उम्मेदवार रहेका सुरत केसीले एक जना महिलासँग आफूले गरेको सहवासको बारेमा छाडा सम्वाद गरेको अडियो हो त्यो । संवादमा सँलग्न महिलासँग कमरेड केसीले धेरै जना… पुरा पढौ

बागलुङ नगरपालिकामा जेठानी उप मेयर, देउरानी मेयरका उम्मेदवार

बैशाख ३० गतेहुने स्थानीय निर्वाचनमा बागलुङ नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा गठबन्धन दलबाट नेपाली कांग्रेस र एमाले राप्रपा गठबन्धन बाट एमालेका उमेदवार खडा भइरहेको समयमा बागलुङ नगरपालिकामा एकाघरका ,देउरानी,जेठानी , समेत नगर प्रमुख र उप प्रमुखमा उमेदवार बनेका छन् । बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा मालेको तर्फबाट नगर प्रमुखमा मन्जु क्षेत्री र उप प्रमुख पदमा जनता पार्टीका केन्द्रीय अध्यक्ष तिकल रिजालकी श्रीमति तारा कुमारी रिजालले स्वतन्त्रबाट उप मेयरमा उम्मेदवारी दिएका हुन् । मेयरमा उम्मेदवारी दिने रिजाल नेकपा मालेको केन्द्रीय सदस्य… पुरा पढौ

सामाजिक संजाल फेसबुकमा अभिब्यक्त गरिएका बिचार

ब‌‌ैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिए सैगै स्थानीय तहको निर्वाचनको सन्दर्भमा सामाजिक संजालका भित्ता यतिबेला रंगिन थालेका छन् । सामाजिक संजाल फेस बुकमा राजनीति पार्टीका समर्थक देखि संचारकर्मि लगायतका ब्यक्तिहरूले पाेष्ट गरेका बिचार हिडन खबरमा जस्ताको तस्तै प्रस्तुत गरेका छाै ।यस्तै समसामयिक बिचारहरू आगामी दिनमा समेत पाठक समक्ष पस्कने छाै । पुरा पढौ

बैशाख १८ गतेदेखि कुँडुलेमा हुने श्री बृहद् ब्रह्मयज्ञको तयारी पूरा

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा बैशाख १८ गतेदेखि २४ गतेसम्म हुने बृहद् –ब्रह्मयज्ञको तयारी पुरा भएको छ । संसारकै एकमात्र पवित्र कालीगण्डकी नदिमा पाइने शालग्राम संग्रह गरि निर्माण गरिएको शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरको उद्घाटन ब्रह्मयज्ञकै अवसरमा गरिने तयारी भइरहेको स्वामी ऋषि प्रपन्नाचार्यले हिडन खबर लाई बताउनुभयो । यज्ञको अवसरमा आउने धार्मिक तथा अन्तरिक पर्यटकको लागि शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वारमा बाघको आकृति झल्किने बाघको… पुरा पढौ

सामाजिक संजाल फेसबुकमा लेखिएका बिचार

गर्मी माैसम संगै यतिबेला सामाजिक संजाल समेत अनेक थरि बिचारले ताती रहेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति जति नजिक आइरहेको छ सामाजिक संजाल पनि त्यहीँ गतिमा अगाडि बढेको देखिन्छ । हुनत सबै कुराकाे छिनोफानो राजनीतिले गर्छ भन्ने भनाइ आफ्नो ठाउँमा भएपनि अहिले शक्ति सक्ता पद प्रतिस्था हात पार्न राजनीति पार्टी भित्र सबै खालको चलखेल हुने गरेको कुरामा कुनै शंका छैन । यहीँ बिषयकाे सेरोफेरोमा रहेर सामाजिक संजाल फेसबुकमा संंचारकर्मि ,कानुन ब्यबसायी ,देखि आम नागरिकले अहिले भइरहेको… पुरा पढौ