
इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई तत्काल पक्राउ गरि कारवाहीको माग गदै बचतकर्ताहरुले बागलुङमा राके जुलुस प्रदर्शन गरेका छन् ।
बचतकर्ताहरुको अरबौं रकम हिनामिना गरि भागेका देवकुमार नेपालीलगाएत अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ गरि बचतकर्ताहरुको रकम फिर्ता गराउन माग गर्दै सयौ बचतकर्ताले राकेजुलुस प्रदर्शन गरेका हुन्। इमेज पीडित संघर्ष समितिको आह्वानमा सयौ बचतकर्ता जुलुसमा सहभागि थिए । बागलुङ नगरपालिका–३ स्थित गोदम घरबाट निस्केको राँकेजुलुसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए भने बचत रकम फिर्ता गर्न, देवकुमार नेपालीलाई गिरफ्तार गर्न नारा लगाएका थिए । बागलुङ बजारको हल्लन चोकको इमेज सहकारीको कार्यालय अगाडि विरोधसभा भएको थियो ।
अरबौं रकम हिनामिना गरि बचतकर्ताहरुलाई बिचल्ली बनाउने देवकुमार नेपालीलाई पक्राउ गरि सर्वसाधारण जनताको पैसा फिर्ता गर्न प्रहरी प्रशासनले तत्काल कदम चाल्नु पर्ने माग गरेका छन् ।
ढोरपाटन नगरपालिका मेयर समेत रहेका नेपाली ५ जेठदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । तर अहिलेसम्म उनीहरुको अत्तोपत्तो छैन ।
बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरीले इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको छ ।


















