
बागलुङमा पिकअप दुर्घटना हुँदा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले हिडन खबरलाई दिएको जानकारी अनुसार जिपमा सवार २ जनाकै सनाखत भएको हो ।
मृत्यु हुनेमा चालक पर्वत जिल्लाको जलजला गाउँपालिका-६ का वर्ष ३१ का रामचन्द्र पुन र बागलुङको जैमीनी नगरपालिका-१० राङ्खानीका वर्ष ३६ का दुर्गा पौडेल रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
बागलुङको गलकोटबाट सामान विक्रि गरि सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको थियो ।
घटनास्थलमा प्रहरी र स्थानीयले खोजी एवं उद्धार गरिरहेको बताइएको छ । जिपमा २ जनामात्र सवार थिए ।
मृतकलाई बागलुङ बजारतर्फ ल्याउँदै र घटनाको थप अनुसन्धान भइरहेको प्रमुख श्रेष्ठले बताए ।









