
हामी सेवा गर्छाैं भन्ने उदेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकाे आयोजनामा मानव सेवा आश्रममा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेका महिला जेष्ठ नागरिक बालबालिका अपांग मानसिक अवस्था ठिक नभएका ब्यक्तिहरूकाे क्लबका पदाधिकारीहरूले कपाल काटेर सरसफाइ गरि दिएको लायन्स क्लब अफ
मुक्तिनाथका अध्यक्ष सुनिता श्रेष्ठले बताए ।
क्लबमा नयाँ नेतृत्व चयन भएपछि क्लबले सामाजिक कामको शुरूवात मानव सेवा आश्रममा पुगेर सहयोग गरेकाे आगामी दिनमा थप सेवा गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।





कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ के का डिपार्टमेन्ट चिप कबिता बस्नेत क्लबका संस्थापक अध्यक्ष जुनु श्रेष्ठ , क्लबका अध्यक्ष सुनिता श्रेष्ठ ,मानव सेवा आश्रमका अभियन्ता विपना तामाङ लगायतका बक्ताहरूले मानव सेवा आश्रममा रहेका ब्यक्तिहरू लाई सामाजिक संघसंस्थाले गरेको सहयोग कै कारण अहिलेसम्म चलिरहेको हुदा यसलाई दिगो बनाउन जरुरी रहेको धारणा राखेका थिए ।
बागलुङ नगरपालिका वडा नम्बर ३ मा रहेको मानव सेवा आश्रममा जेष्ठ नागरिक महिला बालबालिका अपांग मानसिक समस्या भएका गरि ४९ जनाले आश्रय लिएर बसिरहेका छन् ।
| ReplyFo |












