समाचार

नगर प्रमुखका उमेदवार आशिर्वाद माग्दै घर दैलाे अभियानमा

जतिजति निर्वाचन नजिकिँदै छ त्यति त्यति उमेदवारहरू चुनावी प्रचारप्रसारमा अगाडि बढिरहेका छन् ।बैशाख ३० गते हुने निर्वाचन आउन १० दिन मात्र बाकी रहदा बागलुङ नगरपालिका भित्र नगर प्रमुखका उमेदवारहरू निर्वाचनमा बिजय बन्नकाे लागि मतदाताको घर घरमा पुगेर आशिर्वाद थाप्दै हिडिरहेका छन् ।जाेगी, सन्यासी ,बृद्व बाबा ,आमा ,लगायतका मतदाताकाेमा पुगेर मत मागिरहेको दृश्य राेचक देखिन्छ । ५ दलीय गठबन्धन दलबाट उमेदवार बनेका नगर प्रमुख पदका उमेदवार बसन्त कुमार श्रेष्ठ र एमाले राप्रपा गठबन्धन दलबाट उमेदवार बनेका जनकराज पाैडेल लाई यतिबेला चुनाव… पुरा पढौ

बागलुङ नगरपालिका ३ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार शाक्यको सम्पर्क कार्यलय स्थापना

बागलुङ नगरपालिका वडा नम्वर ३ मा स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका बाबुलाल शाक्यले सम्पर्क कार्यलय स्थापना गरेका छन् । बागलुङ नगरपालिका वडा नम्वर ३ कम्पुटोलमा सम्पर्क कार्यलय स्थापना गरेका हुन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठवन्धनबाट वडा विभाजन गर्दा न्यायोचित नभएको तथा टिकट वितरण गर्दा न्याय संगत नगरिएको भन्दै स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएको शाक्यले बताएका छन् । स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका शाक्यले पत्रकारसँग कुराकानी गर्दै ३ नम्वर वडाको बजार क्षेत्रको ढल तथा फोहोर… पुरा पढौ

स्कुले नानीहरूलाई खुट्टामा जुत्ता

बागलुङ: समाजमा हुने खाने महिला दिदीबहिनीले समाजमा हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरी ल्याएको खुट्टामा जुत्ता कार्यक्रम यतिबेला प्रभावकारी बन्दै गइरहेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ का बन्द भएको विद्यालय लकडाउन खुकुलो भएसंगै विद्यालय संचालनमा आएपछि नयाँ शैक्षिकसत्रमा बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम गरेको बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाडौका अध्यक्ष विजया राजभण्डारीले बताउनुभयाे । समाज कल्याण केन्द्रले गुठी संचालन गरेको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेकोमायस… पुरा पढौ

दिल–गंगा प्रधान स्मृति कोष २०७९ बाट चार व्यक्तित्व सम्मानित

दिल–गंगा प्रधान स्मृति कोष बागलुङले १४ औं स्मृति सम्मान २०७९ बाट ४ जना शिक्षासेवी तथा समाजसेवी व्यक्तित्वलाई सम्मान गरिएको छ । कोषले संस्थाको १४ औं पुरस्कार र सम्मानबाट बागलुङ जन्म भै काठमाण्डौमा वस्दै आउनु भएका पुष्पमान श्रेष्ठ,विद्यामन्दिर माध्यमिक विद्यालयका निवर्तमान प्रधानअध्यापक जगन्नाथ आचार्य, काठेखोला गाँउपालिका ८ लेखानीका दिलबहादुर छन्त्याललाई नगद र दोसल्लाले सम्मान गरिएको छ ।त्यस्तै १४ औं स्मृति सम्मानका लागि छनोट हुनु भएका धवलागिरी बहुमुखी क्याम्पसका पूर्व प्रध्यापक हाल काठमाण्डौ निवासी बालकृष्ण नेवा स्वास्थ्यको कारण कार्यक्रममा उपस्थित हुन नसकेको… पुरा पढौ

बागलुङ नगरपालिका ४ कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ शुरू

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा आइतबार देखि बृहद् ब्रह्मयज्ञ शुरू भएको छ । संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरको उद्घाटनसँगै ब्रह्मयज्ञ आयोजना गरिएको हो । यज्ञको सर्वसिद्धि धाम पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयचार्यले उद्घाटन गर्नुभएको थियोे ।पहिलो दिन कुँडुलेबाट कालिगण्डकी नदिसम्म शोभायात्रा सहित अनुज्ञा प्रार्थना गरि शालग्राम संग्रहालय प्राङगणमा महायज्ञको समुदघाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वामी नयनाचार्यले राष्ट्र, राष्ट्रियता, शान्ति, मानवता, वैदिक सनातन… पुरा पढौ

बागलुङ नगरपालिकामा एमाले-राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणा पत्र सार्वजनिक,आधारभूत आवश्यकता देखि दिर्घकालिन महत्वको योजना

आगामी स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिकामा चुनावी तालमेल गरेका दुई दलले आइतबार घोषणा पत्र सार्वजनिक गरेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगरपालिकामा संयुक्त घोषणा पत्र जारी गर्दै व्यवस्थित बस्ती र शहरी विकासको विशेष योजना ल्याउने जनाएका छन् । खाली हुँदै गएका गाउँहरुको व्यवस्थापन र बढ्दो सहरीकरणको दिगो विकास लक्ष्यसहित विशेष योजना ल्याउन लागेका हुन् । दिगो विकासको लागि ठूला पूर्वाधारमा जोड दिने प्रतिबद्धता जनाएका दलहरुले नगरको आधुनिक भवन निर्माण, आगामी दुई वर्ष भित्रमा पक्कि सडक… पुरा पढौ

भिरबाट लडेर एकजनाको मृत्यु

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पश्चिम निसीखोला गाउँपालिका वडा नम्बर ४ थापागाउँ घाँस काट्ने क्रममा भिरबाट लडेर ५१ वर्षीय दिलमणी थापाको मृत्यु भएको हो । घाँस लिएर घर फर्कने क्रममा भिरबाट लडेर घाइते भएका थापालाई उपचारको लागि मेडिकलमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो । पुरा पढौ

बागलुङ नगरपालिका २ मा राेचक भिडन्त हुने

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति जति नजिक आइरहेको छ निर्वाचनको राैनक त्यति त्यति बढिरहेको देखिन्छ ।बागलुङ नगरपालिकाकाे बजार क्षेत्रकाे वडा नम्बर २ मा यसपटक राेचक भिडन्त हुने देखिएकाे छ ।गठबन्धन दल नेपाली कांग्रेसकाे तर्फबाट बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठकाे वडा भएको कारणले पनि यसपटक चुनाव राेचक हुने देखिन्छ । ५ दलीय गठबन्धन बाट एकीकृत समाजवादीबाट सुरज बाेसेल ,एमालेबाट रामबहादुर जिसी ,र स्वतन्त्र बाट एमाले समर्थक रामराज गुरूङ ,र नेपाली कांग्रेस समर्थक शशि कपुर श्रेष्ठ चुनावी… पुरा पढौ

नेकपा एमाले गलकोटको चुनावी प्रतिवद्वता: समृद्व गलकोट, सुखी गलकोटबासी

थम्मन थापा स्थानिय तहको निर्वाचन नजिकिए सँगै राजनैतिक दलहरुका घोषणा पत्र धमाधम सार्वजनिक हुन थालेका छन । घोषणा पत्रमा राजनैतिक दल र उम्मेदवारले पार्टीका ५ वर्षे योजना समावेश गरेका छन् । नेकपा एमाले गलकोट नगर कमिटीले पत्रकार भेटघाट गरि चुवानी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हाे ।एमालेले गलकोट नगरपालिकाकाे नगर प्रमुख पदमा पुर्ण काउचा र उप प्रमुख पदमा रुपा विश्वकर्मालाई उमेदवार बनाएको छ । एमालेले समृद्ध गलकोट र सुखी गलकोटबासी भन्ने मुल नारा सहित नगरको शिक्षा स्वास्थ्य, खानेपानी तथा ढल निकास,… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर ३ मा राेचक चुनावी राैनक

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति नजिक आइरहेको छ बागलुङ नगरपालिका वडा नम्बर ३ मा त्यति नै निर्वाचनकाे माहल बढ्दै गइरहेको देखिन्छ । बागलुङ नगरपालिकाकाे १४ वटा वडा मध्य सबैभन्दा बढी मतदाता भएको वडा नम्बर ३ मा गठबन्धन राजनीतिदलको तर्फबाट नेपाली कांग्रेसका उमेदवार शनि केसी लक्ष्मण ,एमालेबाट कमल खड्का ,एकीकृत समाजवादी बाट पिङ्गल राज गाैतम ,र स्वतन्त्र बाट पुनम प्रसाद शर्मा ,र बाबुलाल शाक्य चुनावी प्रतिस्पर्धामा देखिएका छन् । यसपटकको निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने लिखित सहमति… पुरा पढौ