साहित्य

सेञ्चुरी बैंक काठेखोला शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान

सेञ्चुरी कमर्सियल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्तर्गत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले काठेखोला गाउँपालिकास्थित भिमसेन माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको थियो । यस्तै बैंकले सामाजिक उत्रदायित्व अन्तर्गत सोही विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको बैंकका काठेखोला शाखा प्रबन्धक सुलभ प्रसाद श्रेष्ठले विश्वलाई बताए । कार्यक्रममा बैंकको महत्व, वचत,लगानी, खाता सञ्चालन, वित्तिय व्यवस्थापन, ऋण र डिजिटल बैंकिङको विषयमा सेन्चुरी बैंक काठेखोला शाखाका प्रबन्धक सुलभ प्रसाद श्रेष्ठ… पुरा पढौ

नारी दिवस बिशेष: बुहारी पाइने पसल

गर्भै देखि कठै नारी भोग्छन् अनेक थरि,भेदभाब अनि नारी हिम्सा उनले जिवन भरि ! तिन महिनाकाे भा' को हुन्न जिवन गर्भ भित्र,के हे भन्दै लाउछन् मेशिन हेर्न उस्को चित्र! छोरा न भै रै छ भने त्यहाँ भित्र छोरी,जन्मै समेत लिन पाउन्ने गर्भै भित्र मोरी ! प्रबिधिको दुरुपयोग भ्रष्ट मानव मती,सन्सार देख्नै नपाइकन भित्रै मरे कती ! क्लिनिककी डाक्टर्नि त्यो हो आफै महिला,छोरी मार्न उद्घत हुन्छे उहि आफै पहिला ! पैसो पाए पुगि हाल्छ सोच्दैनन् नि किन ,जिवन दिने डाक्टर पनि… पुरा पढौ

नारी अस्त्र: कलि युगकाे ब्रह्मास्त्र

देवी स्वरुप नारी जाति सम्मान गर्छु मैले,अधिकारकाे दुरुपयाेग याे बन्द हुने कहिँले? आएकाे पाे हाे कि कतै त्यस्तै खाले सँस्कार,कुरा मिले माया प्यार नत्र बलात्कार ! प्राकृतिले दिएका ति आमा बन्ने अङ्ग,हतियार पाे भए कि खै आज तिमि सङ्ग! अधिकार पाे धेरै भाे कि सिमा भन्दा पनि,बिचित्रका घटना आउछन् आज काण्ड बनि ! बर्षाै देखि सङ्गै बसे के के गरे गरे,अहिले आएर खट पट परे बलात्कार भाे अरे ! माया प्रेम नि अचम्मै छ खिच्याे मेबाइल भित्र,खटपट परे मिडियामा सम्बाद… पुरा पढौ

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस; इतिहास र वर्तमान अभ्यास !

आज फेब्रुअरी १४; विश्वभरि नै मनाउँदै आएको भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपाल लगायत विश्व भर विशेषगरी किसोर अवस्था प्रेमजोडी एवं युवा अवस्थाका युवायुवतीहरुले माया साटासाट गरि मनाउँदै आएका छन्। यो दिन प्रेम प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेको व्यक्तिलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन । फेब्रुअरी ७ देखि १४ सम्म क्रमिक रुपमा रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रोमिस डे, किस डे, हग डे मनाउँदै आज अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ… पुरा पढौ

नाटक निर्देशन सिकाइँदै

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण… पुरा पढौ

हरिदेवी कोइरालालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

शुक्रबार पोखरामा हुने ‘नेसनल गण्डकी म्युजिक अवार्ड २०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक, स्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् । नेसनल गण्डकी… पुरा पढौ

गीत

सिन्दूरले मात्रै गास्दैन, नाता मायाले गास्ने होचर्काइ हियार म कतिन्जेल रोएर बाच्ने हो ? सम्झेर ल्याउदा झन् आज भोलि दुख्दै छ जीवनसक्दिनँ तोड्न खै किन किन नाताको बन्धनन बाबा भने न आमा भने तिमिलाई भनेरचाहना सबै नपुग्दो रैछ जून तारा गनेर सम्झेर ल्याउदा लाएको तिम्ले केही गुन छैन नित्यै पनि किन सक्दिनँ भन्न म तिम्रो हैन निरमाउदै होलान् खुसीमा नाच्दै सहेली ती साथीसबैको देख्दा कल्पिन्छ मन तड्पिन्छ यो छाती । पुरा पढौ

कथा: अंशबन्डा

मतिरामका दुईवटी बुढीहरु थिए | जेठीबाट सन्तान नभए पछि कान्छी ल्याएका थिए | कान्छी बुढीबाट दुई भाइ छोराहरु जन्मिए | छोराहरुको विवाह भैसकेको थियो | अब यो परिवार छुट्टि भिन्न हुन चाहे | बाबु र कान्छी आमा कान्छा छोरासँग बस्ने भए | जेठो छोराको परिवार छुट्टै बस्ने भए | जेठी आमा एक्लै छुट्टै बस्ने भइन् | मतिरामको सम्पूर्ण जायजेथा श्रीसम्पत्ति अंश लाग्न पर्ने भयो | कान्छा छोराले बाबु आमाको जीउनी समेत गर्दा खप्लप्कै आधा सम्पत्ति पाउने गराइयो | कान्छाको सम्पत्तिको… पुरा पढौ