
आज फेब्रुअरी १४; विश्वभरि नै मनाउँदै आएको भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपाल लगायत विश्व भर विशेषगरी किसोर अवस्था प्रेमजोडी एवं युवा अवस्थाका युवायुवतीहरुले माया साटासाट गरि मनाउँदै आएका छन्।
यो दिन प्रेम प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेको व्यक्तिलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन ।
फेब्रुअरी ७ देखि १४ सम्म क्रमिक रुपमा रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रोमिस डे, किस डे, हग डे मनाउँदै आज अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
भ्यालेन्टाइन डे को सुरुवात रोमबाट भएको मानिन्छ ।
यो दिवस सँग एउटा दुःखान्त प्रेमजोडीको कथा गाँसिएको छ।
प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छन भन्ने धारणाले तत्कालीन रोमका सम्राटले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोग लगाएका थिए तर उनका प्रतिबन्ध उल्लंघन गर्दै रोमका एक पादरी सन्त आजकै दिन प्रेमको पक्षमा आवाज उठाई नियमलाई उलंघन गर्दै धेरै सैनिकको बीचमा सार्वजनिक रुपमा विवाह गरे।
यो कुरा सम्राटलाई मन नपरेपछि पदरिलाई पक्राउ गरी मृत्यु दण्डको सजाय सुनाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिए । हरेक प्रेम र विवाह गरेका जोडीलाई अन्याय भएको र माया भन्दा ठूलो केही हुँदैन भनी आवाज बुलन्द गरी पादरीको पक्षमा उभिईएको आज १४ फेब्रुअरी दिनलाई भ्यालेन्टाइन अर्थात् प्रणय दिवसको रुपमा मनाउँदै आइएको हो ।
बिदेश बाट सुरु भएको प्रेमील जोडिको इतिहास सँग जोडिएको यो प्रचलन नेपालमा भने पछिल्ला बर्षहरुमा देखावटी र खर्चिलो बन्दै गएको पाइन्छ । पैसासँग
तुलना गर्दै हजारौंका उपहारलाई नै माया ठान्ने युवायुवतीहरुले गर्दा मायाको महत्त्व पनि घट्दै गएको आभाष हुन थालेको छ ।
माया सबैसँग गरिन्छ जो कञ्चन एवं निस्वार्थ मनबाट निस्किने भावना हो जसको कुनै मूल्य हुँदैन र तुलना गर्न सकिँदैन ।












