
नेपालकै जस्तो आकार भा को बाग्लुङ्ग त्यो जिल्ला
स्वर्ग नै जस्तो त्यो पुण्य ठाउँ खोजेर के मिल्ला !
शालिकग्राम बाेकि छेउमै बग्छिन् पबित्र ती कृष्णा
स्नान गर्दा मोक्ष नि मिल्ने हराउने बितृष्णा
विश्वकै दुर्लभ चक्रिए पत्थर देख्ने छौ त्यँहा गए
अनेक थरि शालिकग्राम भरि बन्या छ सङ्ग्राहलय
हात्ती है शुँडे जङगल भित्र बिराज कालिका
उनैकी स्वरुप त्यँहि अल्लि माथि छन् अर्कि मालिका
प्रशिद्ध धाम चलेको नाम त्यँहि छ पन्चकोट
त्यँहि वरिपरि ढपक्क फूल्दा गुँरास फूलका बोट
भान हुन्छ त्यस्तै स्वर्गका टुक्रा हुन कि झैं खसेका
कृष्णाका तटमा उत्तर तिर थुम्का भै बसेका !
निगाले बाँसलाइ छेडेर भित्र खोपेर त्यँही चित्र
नेपालकै प्रख्यात हुक्काको नलि देख्दैमा बिचित्र
राडि र पाखी बुनिन्छ त्यँही नेपालकै छ राम्रो
विश्वमा बाग्लुङ्ग चिनाउने खालको उत्पादन त्यो हाम्रो
पहाडी भेगमा त्याे घाँसे मैदान खर्क र चउर
बुर्कुसि मार्दै खेल्दै पो चर्छन मृग र नाउर
शिकारको एक्लो आरक्ष त्यँहि छ ढोरपाटन
भिसा है लगाइ बिदेशी आउछन् रमाइलो साटन
नेपालकै काशी भनेर चिन्ने त्यँहि छ सानो गाँउ
सुकृतीदत्त र वीरशाली जन्मेको त्यस्ताे ठाउँ
सबैले चिन्थे झाेलुङ्गे पुलको जिल्ला हाे भनेर
एशियै सामु चिनियो आज लामो पुल बनेर
गण्डकी माथि बनेको पुलले दुई जिल्ला गाँसेको
उत्तर तर्फ धवलागिरी हिमाल हाँसेको
बिहानी सङ्गै झुल्किदा सुर्य पहाडी पाखामा
स्वागत गर्दै हाँस्दछ हिमाल टल्किन्छ आँखामा
जन्मेको ठाँउ हुर्केको गाँउ कस्ले पो भुल्दछ?
गर्वका साथ बाग्लुङ्गे भन्दा यो छाती फूल्दछ
अर्जुन राज पन्त
(बाग्लुङ्ग न.पा ७मुलपानी)












