नारी दिवस बिशेष: बुहारी पाइने पसल

-


     अर्जुनराज पन्त    
     फागुन २४ गते २०७८ मा प्रकाशित


गर्भै देखि कठै नारी भोग्छन् अनेक थरि,
भेदभाब अनि नारी हिम्सा उनले जिवन भरि !

तिन महिनाकाे भा’ को हुन्न जिवन गर्भ भित्र,
के हे भन्दै लाउछन् मेशिन हेर्न उस्को चित्र!

छोरा न भै रै छ भने त्यहाँ भित्र छोरी,
जन्मै समेत लिन पाउन्ने गर्भै भित्र मोरी !

प्रबिधिको दुरुपयोग भ्रष्ट मानव मती,
सन्सार देख्नै नपाइकन भित्रै मरे कती !

क्लिनिककी डाक्टर्नि त्यो हो आफै महिला,
छोरी मार्न उद्घत हुन्छे उहि आफै पहिला !

पैसो पाए पुगि हाल्छ सोच्दैनन् नि किन ,
जिवन दिने डाक्टर पनि लाग्छन् प्राण लिन !

डाक्टर हुन कि यमदुत बोलाँउ के नाम भनि,
पैसो पाए गर्छन् हरे जस्तो सुकै पनि !

बगरेले काट्छ बरु केही कुरेर बसि,
हरमा मासु भरिएसि बल्ल छुरा घसि!)!

गर्भै भित्र मार्छन् छोरी चित्र हेरि-हेरि,
छोरो चाहिन्छ दम्पतीलाइ गर्छन् त्यहि फेरि!

बिबश हुन्छन् आमा बरा यस्ता कुरा मान्न,
छोरी मार्दै छोरो खाेज्छन् आफ्नाे बङ्श धान्न!

आफ्नै समेत ज्यानलाइ पनि जोखिममा पारि,
नजन्मेको छोरो खोज्छन् जिँउदी छोरी मारि!

देख्दा खेरि त्यस्ता छोरा घरमा साँझ बिहान,
सम्झेलान कि नसम्झेलान ती छोरीको चिहान !

छोरा नभै भएन रे घरबार पक्का अरे,
कुरितीको चेपमा परि कती छोरी मरे !

प्रकृतीले बनाइ दियो दुबै नर नारी,
सन्तुलन नै खलबलाए एउटा छानी मारि !

कुन धर्मले कुन कानूनले मिल्छ यस्तो गर्न,
बिर्सियौ कि पर्छ भन्ने एक दिन पक्कै मर्न !

क्यारी चल्ला घरबार अब कस्तो होला श्रृष्टी,
दुष्ट भ्रष्ट नबमानब कति स्वार्थी दृष्टी !

पशु भन्दा तुच्छ भयो आज नवमानब,
पशु पनि भनौ क्यारि, भनु क्यारि दानब !

दानबले गरे पनि अनेक हिम्साहरु,
लिङ्ग छानि मार्दैन्थे नि तीनले पनि बरु !

गर्भै भित्र छोरी मारी बुहारी खाेज्दा अशल,
जान पर्ला बुहारी खोज्न खेलौनाको पसल !
(ब्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य ‘कोइली’ का समेत लेखक हुनुहुन्छ )