बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना विपद् व्यवस्थापन विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामाजिक र ब्यवहारिक बनाउने उदेश्यले विपद व्यवस्थापन बिषयक अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा कक्षा नौ का विद्यार्थी आईश्मा क्षेत्री,अंकिता शर्मा र अपेक्षा श्रेष्ठले विपद्, विपद्का प्रकार, विपदका कारण लगाएतका विषमा सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायले शिक्षण सिकाइका विषयमा अतिरिक्त क्रियाकलाप हुन आवश्य रहेको बताए ।…
पुरा पढौ