
सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ।
नेपालीहरूकाे महान चाड बिजया दशमी दिपावली र छट पर्व लाई लक्षित गरि अग्रिम टिकट शुरु भएपछि बागलुङ बाहिर जाने यात्रुहरूकाे सहायताकाे लागि बागलुङ ट्राफिक चाेक नजिकै सहायता कक्ष शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।
बागलुङ जिल्लाकाे ६ स्थानमा समिट चाेक ,मालढुंगा ,अक्षेते ,गलकाेट ,खर्वाङ ,र बुर्तिबाङमा नागरिक सहायता कक्ष शुरु गरिएकाे छ । यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भएकाे साेही स्थानमा यात्रुलाई बढी भाडा लिने देखि लुटपाट गर्ने समस्या समेत हल गर्ने बिश्वास सर्वसाधारणको छ ।





६ ठाउँमा सहायता कक्ष संचालन गर्न जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्तरूपमा काम गर्ने योजना बनाएकाे छ ।












