स्वास्थ चाैकीलाई स्वास्थ सामाग्री

-


     राजेशचन्द्र राजभण्डारी    
     कार्तिक २ गते २०७९ मा प्रकाशित


सरकारले जनतालाई स्वास्थ सेवा दिन सुविधासम्पन्न स्वास्थ चाैकी निर्माण गरेपनि स्वास्थ संस्थामा बिरामीकाे उपचारको लागि आवश्यक पर्ने सामाग्री नहुदा स्वास्थ सेवा दिन समस्या भएको भन्दै एक सामाजिक संस्थाले बागलुङको मालीका स्वास्थ चा‌ैकीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्ने उदेश्यले गठन भएको मालीका सेवा समाजले मालीका स्वास्थ चाैकीलाई
स्वास्थ सेवा दिन सहज पुर्‍याउने उदेश्यले स्वास्थ चाैकीमा पुगेर
स्वास सामाग्री प्रदान गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ५ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ चाैकीमा उपचारको लागि आउने बिरामीलाई
उपचारमा सहयोग पुर्‍याउन स्वास्थ सामाग्री सहयोग गरेको मालीका सेवा समाजका अध्यक्ष दुर्गा बहादुर कुवँरले बताए

मालिका सेवा समाजले गरेको सहयोग सामाग्रीले स्वास्थ संस्थामा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिन धेरै सहज हुने मालीका स्वास्थ चाैकीका सिनियर अहेब धनमाया थापाले बताए ।

स्वास्थ चाैकीमा उपचार गर्न आउने बिरामीलाई सुत्ने बेड थिएन धेरै कुराकाे अभाव भएको समयमा सामाजिक संघसंस्थाले गरेको सहयोगका कारण अहिले धेरै सहज हुन पुगेको बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए ।

ह्वील चेयर १ वटा डिस्पेन्सर ,प्यासेट स्क्रीन ,बेटिङ चेयर ३ वटा ,फूट स्टेट ३ सेट आईभी स्टान्ड २ वटा इक्जामेसन वेड ३ वटा लगायतका करिव २ लाख बराबरको सामाग्री स्वास्थ चाैकीलाई सहयोग गरेको थियोे ।

गाउँ गाउँमा सिंहदरबार भन्ने नारा स्थानीय सरकारले फलाकि रहेपनि जनताले सामान्य स्वास्थ सेवा गाउँ घरमै सहजरूपमा पाउन भने सकेका छैनन् ।जिल्लामा सामाजिक सेवा गर्छु भनेर दर्जनौं संघसंस्था संचालनमा रहेपनि सिमित सामाजिक संस्थाले मात्रै सहयोग गरेको देखिन्छ ।अहिले गरेको सहयोगले स्वास्थ चाैकीमा उपचारको लागि आउने बिरामी लाई थाेरै भएपनि राहत हुने देखिन्छ । स्वास्थ सेवा लाई प्रभावकारी बनाउन सरकारले सुविधासम्पन्न भवन मात्रै हाेइन दक्ष स्वास्थ कर्मि र उपकरणकाे समेत प्रवन्ध गर्न जरुरी देखिन्छ ।

मालिका सेवा समाजले स्वदेश तथा बिदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीले गरेको आर्थिक सहयोग लाई अक्षयकोषमा परिणत गरि त्यसको ब्याजबाट शिक्षा ,स्वास्थ र खेलकुदकाे क्षेत्रमा सहयोग गर्दै आएको छ ।