युएस एकेडेमीको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम संचालन

- शुक्रबार मुख्य समारोह सहित आधारभूत विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता हुने

-


     हिडन खबर    
     माघ १२ गते २०७९ मा प्रकाशित


युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका २ बागलुङको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । मंगलबारबाट सुरु भएको वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त  क्रियाकलाप सहित जनचेतनामुलक कार्यक्रम भैरहको विद्यालयले जनाएको छ ।

पहिलो दिन विद्यालयमा अतिरिक्त  क्रियाकलाप गरेको विद्यालयले दोश्रो दिन बागलुङ बजारका विभिन्न चोकहरुमा सरसफाई सहित जनचेतनामुलक कार्यक्रम गरेको थियो । विहिबार तेश्रो दिन सरस्वती पूजा तथा विद्यालय आउने उमेर समुहका नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल अशोक केसीले जानकारी दिनुभयो ।

विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितीमा पूजा गरिएको विद्यालयले जनाएको छ । हरेक वर्ष सरस्वती पूजाको दिन नयाँ बालबालिकाको लागि अक्षराम्भ गराउँदै आएको र यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको विद्यालयले जनाएको छ । सरस्वती पूजाको दिन अक्षरारम्भ गर्दा शुभ हुने मान्यताका साथ यस दिन धेरै बालबालिका विद्यालयमा भर्ना हुने गरेका छन् ।
माघ १० गतेदेखि सुरु भएको विद्यालयको वार्षिकोत्सब कार्यक्रम १३ गते शुक्रबार मुख्य समारोह सहित आधारभूत विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता आयोजना गरेको केसीले बताउनु भयो।