राजनीति

चन्द्रागरिरि नगरपालिका महिला दिदीबहिनी लाई साडी बाड्दै

गाउँ गाउँमा सिंहदरबार भन्ने नाराका साथ बनेको स्थानीय तहमा यतिबेला नयाँ नयाँ काम हुन थालेको छ । स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल सकिदै गर्दा जनप्रतिनिधिले निर्वाचन केन्द्रीत काम गर्न थालेका छन् । राजधानीकाे चन्द्रागरिरि नगरपालिका वडा नम्बर ८ ले महिला दिदिबहिनीकाे मागलाई ध्यानाकर्षण गर्दै साडी वितरण कार्यक्रम गरेको छ ।वडा अध्यक्ष सन्तोष खड्काले सुचना जारी गरेर वडा कार्यालय मातातिर्थमा शनिबार दिउँसो २ बजे साडी लिन आउनका लागि अनुरोध गर्नुभएको छ ।स्थानीय तहले महिला दिदीबहिनी लाई साडी वितरण गर्नु सकारात्मक पक्ष भए… पुरा पढौ

१० स्थानीय तहका लागि एमालेका आकांक्षीकाे नाम प्रदेशमा ,नगर र जिल्लामा आकांक्षी नदेखिएका जनक पाैडेलगरे प्रदेशमा दाबी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीति पार्टी भित्र निर्वाचन लड्नका लागि देखिएका आकांक्षीहरूले पार्टीमा गरेको दाबी सर्वसम्मत हुन नसकेपछि प्रदेशमा पठाउने क्रम चलिरहेको छ । अहिले भइरहेको ५ दलीय गठबन्धनको बिराेध गर्दै आएको नेकपा एमालेले बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहका आकांक्षीहरूकाे नाम गण्डकी प्रदेशमा पठाएको एमालेका जिल्ला उपसचिव गणेश थापाले हिडन खबर लाई बताउनुभयो । बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदका आकांक्षी एमाले नगर कमिटी अध्यक्ष धनबहादुर परियार ,जिल्ला सहसचिव गणेश थापा, जिल्ला सदस्य शिव सापकोटा ,एमाले… पुरा पढौ

चितवनमा मिल्यो गठबन्धनबीचको भागबण्डा

भरतपुरबाहेक काँग्रेसले ४, माओवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वटा पालिका पाउने चितवन । नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,एकीकृत समाजवादी ,पार्टी सहितको सत्तारुढ गठबन्धनका दलहरुले चितवनका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् ।ठूलो रस्साकस्सि बिच चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा सहमतिमा टुंगोमा पुर्याउन सफल भएका छन् । जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र… पुरा पढौ

नेपाल दलित पार्टी बाट भक्त बहादुर नगर प्रमुख पदमा उमेदवार बन्दै

मानवता ,श्रमिक ,सर्व समानता र लाेकतन्त्र भन्ने नारा साथ गठन भएको नेपाल दलित पार्टी बाट बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदमा भक्त बहादुर बिकले उमेदवारी दिने निर्णय गरेको नेपाल दलित पार्टीले जनाएको छ । बागलुङ नगरपालिकाकाे समुचित विकास गर्नकाे लागि यसपटक नेपाल दलित पार्टी बाट आफ्नो उमेदवारी आवश्यक भएको महसुस गरि नगर प्रमुख पदमा उमेदवार बन्दै गरेको बिकले हिडन खबर लाई बताए ।नगर लाई धार्मिक पर्यटकीय केन्द्र बनाउने योजना आफ्नो रहेको समेत बिकले… पुरा पढौ

बागलुङ नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्षमा
माआ‌ेवादी केन्द्रका ७ जनाको दाबी

बागलुङ नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्ष पदमा माआ‌ेवादी केन्द्रका ७ जनाले आफ्नो दाबी पेश गरेका छन् ।यसपटक हुने निर्वाचनमा माआ‌ेवादी केन्द्रका नेताहरू जीवन शर्मा ,भाेजराज आचार्य ,परमान्द शर्मा ,भीम पा‌ैडेल ,रूद्र प्रसाद शर्मा ,लिला बिक ,दुर्गा बिकले आफ्नो दाबी पार्टीमा पेश गरेका छन् । यसपटक ५ दलीय गठबन्धन हुने भएको कारणले पनि वडा अध्यक्ष बन्न ७ जना आकांक्षी देखिएका देखिएका छन् ,अहिलेसम्म ७ जनाको दाबी रहेको कारणले गर्दा उमेदवारमा सहमति हुन नसकेको माआ‌ेवादी केन्द्रले जनाएको छ ।वडाले नाम… पुरा पढौ

बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा माआ‌ेवादीका दुई आकांक्षी

स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राजनीति पार्टी भित्र बागलुङ नगरपालिकाकाे नेतृत्व हात पार्नका लागि पार्टी भित्रदाबी पेश गर्ने क्रम बढेर गएको छ ।बैशाख ३० गतेहुने निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर प्रमुखको लागि माआ‌ेवादी केन्द्रका नेता यज्ञबल्लभ शर्मा बिद्रोह र गगन पुन दुई जना आकांक्षी देखिएका छन् । यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुखको लागि माआ‌ेवादीका मुकेशचन्द्र राजभण्डारी ,टिका बिक, टेक ब केसि,मनोज थापा,कुसुम बुढा,राजु खड्काले आआफ्नो दाबी पार्टीमा पेश गरेका छन् । स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति भइ… पुरा पढौ

एकीकृत समाजवादी द्वारा बागलुङ नगरका आकांक्षी सार्वजनिक: मेयरमा थापा र पुरी

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङले बागलुङ नगरपालिकामा मेयर र वडा अध्यक्षमा उमेदवार बन्ने आकांक्षीको नाम सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको मेयरका लागी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा र पार्टी सचिव भरत पुरीको आकांक्षा रहेको एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख सालिकराम शर्माले बताउनुभयो । हिडिन खवर सँगको कुराकानीमा प्रमुख शर्माका अनुसार बागलुङ नगरपालिकामा वडा अध्यक्षहरुका आकांक्षीहरुको नाम पनि सार्वजनिक गरेको बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर १ मा वडा अध्यक्षका लागि ३ जना आकांक्षी रहेको… पुरा पढौ

आचारसंहिता लागू भएपछि बागलुङ नगर खानेपानी संस्थाको साधारणसभा स्थगित

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबारबाट बिहिवार सम्मका लागि तोकिएको साधारणसभा यहि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको कारण स्थगित भएको छ । ६ बर्ष अघि निर्वाचित भएर आएको खानेपानी उपभोक्ता संस्थाले बागलुङ नगरपालिका वडा नम्बर १ मा बैशाख ४ गतेवडा नम्बर २ मा ५ गते वडा नम्बर ३ मा ७ गते र वडा नम्बर ४ मा ८ गते कलस्टर स्तरीय साधारणसभा गर्ने तयारी गरिरहेको बेला निर्वाचन आचारसंहिता लागू भएको कारणले हाल स्थगित भएको संस्थाले जनाएको छ ।… पुरा पढौ

चिरञ्जीवी शर्मा बेनी नगरपालिकाकाे नगर प्रमुखकाे लागि सिफारिस

बेनी नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेस पार्टीले चिरञ्जीवी शर्माकाे नाम सिफारिस गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि नगर प्रमुख पदमा आकांक्षी रहेका नेताहरू मध्य पार्टीले शर्मालाई सिफारिस गरेको हाे । नेपाली काँग्रेसको शुक्रबार जिल्ला पदाअधिकारी र आकांक्षी १० जना नगर प्रमुख पदका आकांक्षी उमेदवारहरुको सयुक्त बैठकबाट शर्मालाई सर्वसम्मत रूपमा यसपटक बेनी नगरपालिकाकाे नगर प्रमुख बनाउने निणर्य भएको जिल्ला सचिव भरतबहादुर रखालले बताउनुभयो । बिहिबार बसेको बेनी नगर कार्य समितिबाट सिफारिस भएर आएका नगर प्रमुख पदका लागि… पुरा पढौ

स्थानीय तहको उमेदवार घोषणा गर्न एकले अर्कोलाई हेर्दै राजनीतिदल

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन २७ दिन बाकी रहदै गर्दा समेत प्रमुख राजनीति पार्टीहरूले उमेदवार तय गर्न सकेका छैनन् ।अहिले दुईवटा गठबन्धन बनेको कारणले पहिला जसले नाम सार्वजनिक गर्छ अर्को गठबन्धन दलले त्यहीँ उमेदवारको आधारमा आफ्नो पार्टीको उमेदवार फेरबदल गर्ने तयारी समेत भित्रभित्र भइरहेको राजनीति बृतमा चर्चा चलेको छ । नेपाली कांग्रेस ,माओवादी केन्द्र ,राजमो ,एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बिच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति भए पछि गठबन्धन संस्कृतिको चर्को रूपमा बिरोध गर्ने… पुरा पढौ