
बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा उमेदवार छनौट गर्दा व्यापक रूपमा चलखेल गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले माओवादी केन्द्रका इन्चार्ज बलावती शर्मा बिरूद्व बैठक बसेर लिखित रूपमा बिरोध जनाएका छन् ।
माओवादी केन्द्रको तर्फबाट वार्ता टोलिमा बसेका इन्चार्ज शर्माले गरेको निर्णय बिरूद्व नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नगर कमिटीका इन्चार्ज यज्ञबल्लव शर्मा बिद्रोहको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगरपालिकाको उप मेयरको उमेदवारको निर्णय गर्दा पार्टीको नगर इन्चार्ज ,सह इन्चार्ज ,नगर कमिटीको सल्लाह र छलफल नगरी पार्टी हित विपरीत उमेदवार तोकेको कारणले असहमति जनाएको माओवादी केन्द्र नगर कमिटीका नेताले हिडन खबरलाइ बताउनुभयो ।
५ दलीय गठबन्धनको बैठकमा पार्टीको तर्फबाट प्रस्तुत हुदा पार्टी लाई झनै कमजोर हुने गरि जिल्ला इन्चार्जले भुमिका खेलेको कारण स्थानीय तहको निर्वाचनमा पार्टी लाई झनै कमजोर पार्ने काम भएको समेत नगर कमिटीले ठहर गरेको जनाएको छ ।
बागलुङ जिल्लामा पार्टीले जिम्मेवारी दिएर पठाएका इन्चार्जको भुमिका विवादास्पद हुदै गएको पार्टीको नीति सिद्धान्त भन्दा पनि
ब्यक्तिगत सम्बन्ध ,विभिन्न खालका चलखेल, चाकडी चाप्लुसीकै भरमा टिकट बाडफाड गरेको कारणले ठाउँ ठाउँमा नेकपा माओवादी केन्द्रका जिम्मेवार ब्यक्तिहरू बिद्रोह गरेर स्वतन्त्र उमेदवार बनेपछि माओवादी केन्द्रले केन्द्रीय नेतालाई बागलुङ पठाएको छ ।









