
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बैशाख १२ गते निर्वाचन अधिकृतकाे कार्यालयमा उमेदवारी दर्ता गर्न भ्याइनभ्याई भयो । बडिगाड गाउँपालिकाको अध्यक्षको लागि ५ जनाको उमेदवारी दर्ता भएको छ । नेपाली काग्रेसबाट गण्डकी थापा अधिकारी, नेकपा एमालेबाट राजन कुमार पाइजा, राष्ट्रिय जनमोर्चाबाट अनिल गिरि, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन प्रसाद घर्ति र मंगोल नेशनल अर्गनाइजेसनबाट चुरा बहादुर घर्तिले उमेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भिमसेन बन, नेकपा एमालेका मिन कुमारी माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल कुमारी क्षेत्री र स्वतन्त्रबाट यामेन्द्र कुमार घर्तिको उमेदवारी दर्ता गराएका छन् । नेपाली काग्रेसबाट पालिका अध्यक्षमा उमेदवारी दिने गण्डकी थापा अधिकारी सत्ता गठबन्धनको उमेदवार हुन भने गठबन्धनकै तर्फवाट राष्ट्रिय जनमोर्चाका भिमसेन बनले उपाध्यक्षमा काग्रेसकै टिकटबाट उमेदवारी दिएका छन् ।
नेपाली काग्रेसका नेता यामेन्द्र कुमार घर्तिले गठबन्धनको विरुद्ध बागि उमेदवारी दिएका छन् । वडा नं. १ को अध्यक्षमा नेकपा एमालेको तर्फवाट दिनेश थापा र राष्ट्रिय जनमोर्चाको तर्फवाट बोम बहादुर थापाले उमेदवारी दिएका छन् ।
वडा नं. २ मा नेकपा एमालेको तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र मंगोल नेशनल अर्गनाइजेसनको तर्फवाट विजय श्रीसले उमेदवारी दर्ता गराएका छन् । वडा नं. ३ मा नेकपा एमालेको तर्फवाट खड्क बहादुर पुन, नेपाली काग्रेसको तर्फवाट लोकेन्द्र बहादुर घर्ति र स्वतन्त्र उमेदवारको रुपमा लोक बहादुर घर्तिले उमेदवारी दर्ता गराएका छन् ।
वडा नं. ४ मा नेकपा एमालेको तर्फवाट प्रेम गलामी र नेकपा माआवादी केन्द्रको तर्फवाट मिलन रेश्मी, वडा नं. ५ मा नेकपा एमालेको तर्फवाट विष्णु प्रसाद आचार्य, नेपाली काग्रेसको तर्फवाट रमेश बहादुर घिमिरे, राप्रपाको तर्फवाट शंकर खरेल, मंगोल नेशनल अर्गनाइजेसनको तर्फवाट ससिराम पेमी र स्वतन्त्र उमेदवारको रुपमा ध्रुब बहादुर घिमिरेले दिएका छन् ।
वडा नं. ६ मा नेकपा एमालेको तर्फवाट नर बहादुर क्षेत्री र नेपाली काग्रेसको तर्फवाट विर बहादुर खत्रि, वडा नं. ७ मा नेकपा एमालेको तर्फवाट गंगा बहादुर गुरुङ र नेपाली काग्रेसको तर्फवाट दिपेन्द्र प्रताप केसि, वडा नं. ८ मा नेकपा एमालेको तर्फवाट यम बहादुर श्रीस थापा र राष्ट्रिय जनमोर्चाको तर्फवाट जंग बहादुर थापाले उमेदवारी दिएका छन् ।
वडा नं. ९ मा नेकपा एमालेको तर्फवाट पान बहादुर केसि, नेपाली काग्रेसको तर्फवाट कृष्ण बहादुर केसि, राप्रपाको तर्फवाट राजेन्द्र बहादुर क्षेत्री र स्वतन्त्र उमेदवारको रुपमा मुक्त बहादुर श्रीसले उमेदवारी दिनुभएको छ। त्यस्तै वडा नं. १० बाट नेकपा एमालेको तर्फवाट पुठासिंह बुढाथोकी, नेकपा माओवादी केन्द्रको तर्फवाट बिरेन्द्र कुमार बुढा र राप्रपाको तर्फवाट धन बहादुर बुढाले उमेदवारी दिएका छन् । खुल्ला महिला सदस्यमा सबैै वडाबाट गरि २१ जना, दलित महिला सदस्यमा २१ जना, खुल्ला सदस्यमा ४५ जनाको उमेदवारी परेको छ ।












