गजवको राजनीति: काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एमालेबाट उपमेयरकाे उमेदवार

- महिला संघ बागलुङका सचिव समेत रहेका उषा पौडेलले काङ्ग्रेसबाट टिकट नपाएपछि एमालेमा प्रवेश गरि जैमिनि नगरपालिकाको उपमेयरमा टिकट पाएकि हुन

-


     राजनीतिक व्यूरो    
     वैशाख १३ गते २०७९ मा प्रकाशित


बागलुङ- बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा
जिल्लाको जैमिनी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट टिकट नपाएपछि महिला नेतृ उषा पौडेल नेकपा एमालेबाट उम्मेदवार दर्ता गरेका छन् । पार्टीले टिकट नदिएपछि कांग्रेस नेतृ पाैडेलले एकाएक कांग्रेस त्यागी एमालेबाट उमेदवार बन्नु भएकाे हाे ।

नेपाली काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ बागलुङका जिल्ला सचिव समेत रहेकी पौडेल सोमबार नेकपा एमालेबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

जैमिनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा लिला राना र उपप्रमुखमा पौडेलले उम्मेदवारी दर्ता गराएको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

नेपाली काँग्रेसबाट उपप्रमुखमा सिफारिस भए पनि प्रदेशबाट उपप्रमुखका लागि काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माको नाम निर्णय भएर आएको थियो । आफुले टिकट नपाएपछि एमालेबाट उनले उम्मेदवारी दर्ता गरेकी हुन । पौडेल नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य एवं महाधिवेशन प्रतिनिधि तथा निवर्तमान जिल्ला सचिव नवराज पौडेलको श्रीमती हुन ।पाैडेलकाे एमाले प्रवेश र प्रवेश गरेको दिन उप मेयरमा टिकट दिएर उमेदवार बन्नुलाइ सबैले आश्चर्य मानेका छन् ।

जैमिनी नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा नरबहादुर पुन र उपप्रमुखमा नेपाली काँग्रेसका हरिहर शर्माले उम्मेदवारी दर्ता गराएका छन ।