नगर प्रमुखका उम्मेदवार संग हिडन खवरका ७ प्रश्न

- युवा नेतृत्व र समृद्ध बागलुङ बनाउन मेयरमा मेरो उम्मेदवारी : श्रेष्ठ

-


     हिडन खबर    
     वैशाख १४ गते २०७९ मा प्रकाशित


स्थानीय तहको निर्वाचन नजिकिएसँगै घरदेखि टोलका चोक चोकमा चुनावी बहस शुरू भएको छ। यस्तै बागलुङ नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनेमध्ये यसपाली सामाजिक सञ्जाल र युवाहरुमाझ चर्चित नाम हो गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस पार्टी प्रदेश कमिटीका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ बौद्धिक र क्षमतावान युवा नेताको विकास प्रेमी युवाको रुपमा परिचित छन् । त्यस्तै युवा पुस्ताका मतदाताको उनी प्रति आकर्षण देखिएको छ । बागलुङ नगरपालिका उम्मेदवारबीच एकातिर गठबन्धन दल बिच प्रतिस्पर्धा नै हुने अनुमान गरिएको छ ।

स्थानीय सरकार भनेको विकास, समृद्धि र सुशासनको अनुभूति प्रदायक संस्था भएकोले आफ्नो आवश्यक्ता महसुस गरेर उम्मेदवारी दिएको उनले दाबी गरेका छन् ।बागलुङ नगरपालिकाको नगर प्रमुख पदका आकांक्षीहरु मध्य बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको श्रेष्ठको दाबि रहेको छ ।

१. स्थानीय तहको निर्वाचन तपाईंको उमेदवारी के को लागि ?

स्थानीय तहमा मेरो उमेदवारी बागलुङ नगरको समुच्च विकासको लागि बागलुङ नगरवासी लाई बागलुङ नगरपालिकाको वास्तविक अनुभुति दिलाउनको लागि भएको म सम्पूर्ण नगरवासीलाई अवगत गराउन चाहन्छु ।

२. यसपटकको निर्वाचनमा पनि तपाई र एमालेका उमेदवार बिच प्रतिस्पर्धामा हुनुहुन्छ यसलाई कसरी लिनु भएको छ ?

लोकतन्त्र र प्रजातन्त्रमा बिश्वास गर्ने पार्टीको एक इमानदार कार्यकर्ताको हैसियतले प्रजातान्त्रिक अभ्यास गर्नुलाई कुनै अन्यथा मान्नुपर्ने ठाउँ छैन ।आज भन्दा बर्ष अघिको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरिसकेको उमेदवार भएको कारणले पनि यसलाई अन्यथा लिनुपर्ने कुनै कारण देखेको छैन ।यसपटकको निर्वाचनमा पनि स्वच्छ प्रतिस्पर्धा गरेर जाने कुरामा कुनै समस्या छैन यसलाई आफुले स्वभाविक रूपमा लिएको ।

३. निर्वाचनमा मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म पार्टीले उमेदवार टुंग्याउन नसक्दा निर्वाचनको प्रचारप्रसारमा जान समय ब्यवस्थापन गर्न गार्‍हो हुदैन र ?

एउटा प्रजातान्त्रिक पार्टी भित्र नगर प्रमुख उप प्रमुख पदको लागि धेरै जिम्मेवार साथीहरू आकांक्षी हुनुभएको कारणले पनि पार्टीको जिम्मेवार निकायबाट उमेदवार टुंग्याउन ढिलो हुनु स्वभाविक नै मान्नुपर्छ ।साच्चै हामी संग आम मतदाताको घर घरमा पुग्नको लागि प्रयाप्त समय छैन तर पनि अहिले भएको बाकी समयलाई अधिक्तम सदुपयोग गरेर अगाडि बढ्नु भन्दा हामी संग अर्को विकल्प पनि छैन ।

४. गठबन्धन दलको तर्फबाट यसपटक उमेदवार बन्दै गर्दा निर्वाचनको परिणाम कस्तो आउने अपेक्षा राख्नु भएको छ ?

अवश्य पनि गठबन्धनको तर्फबाट उमेदवार बन्दा निर्वाचनको परिणाम राम्रो आउने कुरामा कुनै शंका छैन ,बागलुङ नगरपालिका भित्र नेपाली कांग्रेस पार्टीको राम्रो जनमत छ अर्कोतिर नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र ,राष्ट्रिय जनमोर्चा एकीकृत समाजवादी र जनता समाजवादी समेतको साझा उमेदवार भएको नाताले पनि यसपटकको निर्वाचन परिणाम राम्रो आउने निश्चित छ ।

५. लथालिङ्ग भएको बागलुङ नगरपालिका लाई राम्रो सुन्दर बनाउने तपाईं संग के योजना छ ?

स्थानीय तहमा जनप्रतिनिधि आएको ५ बर्षमा बागलुङ नगरपालिकाले जुन गति लिनुपर्ने थियोे त्यो नलिएको अवश्य हो
साच्चै भन्ने हो भने हाम्रो बागलुङ नगरलाई धेरै सुन्दर नगर बनाउन सकिने धेरै संभावना हुदाहुदै पनि चुकेका कारण अहिले लथालिङ्ग हुन पुगेको हो यसलाई सबैको साथ र समर्थनमा योजना बद्व ढंगले राम्रो बनाउने योजना बनाएको छु ।
६. गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई कसरी सार्थक बनाउनुहुन्छ ?

साच्चै संघीयताको अनुभुती दिलाउन सरकारले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेको कुरालाई सकारात्मक रूपमा लिनुपर्छ ,जुन उदेश्यका साथ नारा अगाडि सारिएको हो त्यसको प्रत्यक्ष अनुभुती नगरबासीले अझैसम्म गर्न पाएका छैनन् यश नारालाई सार्थक बनाउने भुमिका आफुले खेल्ने बिश्वास दिलाउन चाहन्छु ।

७. बागलुङ नगरपालिकाका आम मतदाता लाई तपाईंको केही भन्न चाहनुहुन्छ ?

बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा बागलुङ नगरपालिकाका आमाबाबु दिदिबहिनी दाजुभाइ सबै मतदातालाई
यसपटक आफ्नो विवेक पुर्याएर मतदान गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।तपाईंको एउटा मतले बागलुङ नगरको भविष्य निर्धारण गर्ने हुदा यश कुरामा बिचार पुर्याउनहुन समेत अनुरोध गर्न चाहन्छु ।