
बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा नेपाली कांग्रेस(बीपी)का जिल्ला अध्यक्ष धना आचार्यले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिका मेयर पदमा उमेदवारको रुपमा पहिलोपटक बागलुङ नगरपालिकाकाे नगर प्रमुख पदमा सामाजिक सेवाको क्षेत्रमा भुमिका निभाउदै आउनुभएका बागलुङ नगरपालिका वडा नम्बर ४ निवासी आचार्यले आफ्नो उमेदवारी दर्ता गरेर चुनावी अभियानमा अगाडि बढ्नु भएको छ ।
अहिले देश ब्यापी रूपमा प्रमुख राजनीतिदलहरू गठबन्धन गरेर निर्वाचनमा हाेम्मिरहेकाे समयमा नेपाली कांग्रेस बिपी भने एक्लै स्थानीय तहको निर्वाचनमा उमेदवार दर्ता गरेर निर्वाचनमा लागिपरेका छन् । सामाजिक सेवाको क्षेत्रमा अहिलेसम्म गरेको कामको अनुभवको आधारमा बागलुङ नगरपालिकाकाे समुच्चय विकासको लागि यसपटक आफुले नगर प्रमुख पदमा उमेदवारी दिएको बताउनुभयो ।
१४ वटा वडामा चुनाव प्रचारप्रसारकाे लागि गएर आफ्नो उमेदवारी बारे मतदातालाई जानकारी गराउने पार्टीको कार्यक्रम रहेको आचार्यले बताउनुभयो ।









