
पाँच दलीय सत्ता गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि बागलुङका स्थानिय तहमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परेको छ । माओवादी केन्द्र पार्टीले सहि निर्णय नगरेको भन्दै ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती र गलकोट नगरपालिका नगर समितिका अध्यक्ष तिलक उप्रेतीले स्वतन्त्र उमेदवार दर्ता गरेका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ मा बाबुलाल शाक्यले पनि स्वतन्त्र उमेदवार दर्ता गरेका छन् ।
गठबन्धन वार्ता कमिटीकामा नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला इन्चार्ज वलावती शर्माले स्थानीय तहमा आफ्नो पार्टीको कुनै हैसियत राख्न नसकि आत्मासमर्पण गरेको गुनासो बागलुङ चोक चोकमा कार्यकर्ताले गर्न थालेका छन् ।
बागलुङ जिल्लाको ईन्चार्ज समेत रहेका शर्माको आफ्नो वार्डमा यसपटकको स्थानीय तहको निर्वाचनमा दलीत महिला सदस्य एकजनाले मात्रै उमेदवारी दर्ता गराएपछि माओवादीको जनाधार भएको ठाँउमा पनि झनै कमजोर पार्दै गएको माआेवादीका गाउँकमिटीका एक सदस्यले हिडन खबर लाई बताउनुभयो ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले नगर प्रमुख ,उप प्रमुख लगायतका पदमा उमेदवारी फिर्ता लिदा समेत माओवादी केन्द्रका गाउँकमिटीका सदस्यहरूले दुई जना खुला जनप्रतिनिधि निर्वाचित गराउन सफल भएका थिए । यसपटकको निर्वाचनमा आफ्नो गाउँमै मात्रै एकजना सदस्यमा चित्त बुझाएपछि कार्यकर्तामा निराशा छाएको बताए । यता माओवादी केन्द्रका जिल्ला इन्चार्ज वलाबती शर्माले गठवन्धन भैसकेपछि गठवन्धनका भित्रका दलहरुले आआपफ्नो वडा राख्दा गठवन्धन मर्म विपरि हुने भएकोले नितिअनुसार जादा केहीमा असन्तुष्ठी देखिएको बताउनु भयो । माओवादीले बागलुङमा ढोरपाटन नगरपालिका र ताराखोला गाँउपालिका प्रमुख ,बागलुङ र गल्कोट नगरपालिकामा उप प्रमुख र निसीखोला गाउँपालिमा उपाध्यक्ष सहित २१ वटा वडा अध्यक्ष पाएको छ ।
जिल्लामा पार्टीको राजनीति भन्दा पनि चरम गुटबन्दी र ब्यक्तिबादी प्रवृत्तिलाई प्रसेय दिएको भन्दै माओवदी जिल्ला नेतृत्वको चौतर्फि रूपमा आलोचना हुदै गइरहेको छ ।












