राजनीति

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

काठमाडौं ।जेठ ३परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासद्वारा अपहरणमा परेका नेपाली युवक विपीन जोशीको रिहाइ तथा स्वदेश फिर्तीसम्बन्धी विषयमा थप पहल गर्न कतार सरकारसँग पुनः आग्रह गरेकी छन्। शुक्रबार काठमाडौँमा आयोजित सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आएका कतारको विदेश मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफासँग भएको भेटका क्रममा मन्त्री डा. राणाले यो आग्रह गरेकी हुन्। शिष्टाचार भेटका क्रममा मन्त्री राणाले विपीन जोशीको अवस्थाबारे चासो व्यक्त गर्दै उनको सुरक्षित रिहाइ तथा नेपाल फिर्तीका लागि… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्री यादवबीच भेटवार्ता, जलवायु र जैविक विविधता संरक्षणमा सहकार्यको चर्चा

काठमाडौं, वैशाख ३ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवबीच सगरमाथा संवादको साइडलाइनमा आज भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको समग्र सम्बन्ध, आपसी हित र सहकार्यका विविध आयामहरूबारे छलफल गरिएको थियो। मन्त्री डा. राणाले सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव तथा भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्। भेटवार्ताका क्रममा नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको प्रसंग उठाउँदै दुबै पक्षले उक्त सम्झौता दुवै देशका लागि महत्वपूर्ण भएको बताएका थिए। साथै,… पुरा पढौ

अबको दिन हाम्रो हुनेछ : अध्यक्ष प्रचण्ड

बैतडी, पाटन — नेकपा (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने भएको छ। अभियानको शुभारम्भका लागि बैतडीको पाटन जाँदै गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयसँग भेटघाट गर्नुभएको छ। भेटका क्रममा स्थानीयवासीहरूले मुख्य रूपमा खानेपानी र सिँचाइको समस्या उठाएका थिए। समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले जनाउनुभएको छ। अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताउँदै भन्नुभयो, “तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ ऊर्जा जागेको छ। अबका दिन… पुरा पढौ

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौँ, ३१ वैशाख — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी र मानव जातिको भविष्यका विषयमा केन्द्रित हुने बताउँदै यस फोरममा जलवायु परिवर्तनका हालका अवस्थासम्बन्धी गम्भीर छलफल गरिने जानकारी दिनुभएको छ। दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशीलता विषयक कार्यशालामा आज काठमाडौँमा बोल्दै उहाँले जलवायु परिवर्तन कुनै एक राष्ट्रको मात्र समस्या नभई विश्वव्यापी चुनौती भएकाले यससँग जुध्न साझा प्रतिबद्धता, सहकार्य र समन्वय अपरिहार्य रहेको स्पष्ट गर्नुभयो। मन्त्री डा. राणाले भन्नुभयो, “यो साझा समस्यासँग जुध्न हाम्रो मात्र… पुरा पढौ

प्रचण्डको चेतावनी : “कर्णालीमाथि अपमान सहिंदैन, समाजवादी गणतन्त्रका लागि संघर्ष जारी रहने”

सुर्खेत, वैशाख २९ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशमाथि हालको सरकारले देखाएको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाउँदै, “कर्णालीमाथि अपमान र अन्याय सहिंदैन” भन्ने चेतावनी दिएका छन्। सोमबार सुर्खेतमा सुरु भएको वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी गणतन्त्र निर्माणका लागि माओवादी अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे। “कर्णाली जनयुद्धको ऐतिहासिक भूमि हो। यहाँका जनतालाई राज्यले विभेद गर्दै आएको छ, त्यसविरुद्ध फेरि एकजुट हुनुपर्ने समय आएको छ,” उनले भने। उनले वर्तमान सरकार ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर जनताको… पुरा पढौ

उभौली पर्वको अवसरमा शुभकामना सन्देश : सामाजिक न्याय र सांस्कृतिक पहिचानको उत्सव

काठमाडौँ, बैशाख २९ – किराँत समुदायको मौलिक पर्व उभौलीको अवसरमा किराँत समुदायसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ। सन्देशमा भनिएको छ, “उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव हो। यस पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्दछ।” नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, भाषा र संस्कृतिको अधिकारलाई यस्ता पर्वहरूले थप जीवन्त बनाउने सन्देशमा उल्लेख छ। सन्देशमा… पुरा पढौ

बुद्ध जयन्ती विद्रोह, रूपान्तरण र शान्तिको प्रेरणा हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्तीलाई धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणाको स्रोतको रूपमा लिनुपर्ने बताएका छन्। गौतम बुद्धको २५६९औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बौद्ध दर्शन आजको समाजमा पनि न्याय, समानता र समावेशीताको मार्गदर्शक बनेको उल्लेख गरेका छन्। “बुद्धको शिक्षाले विविधतायुक्त नेपाली समाजमा राष्ट्र निर्माण र राष्ट्रिय एकता हासिल गर्न पहिचानको सम्मान आवश्यक छ भन्ने पाठ सिकाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने। उनले क्रान्ति र शान्ति परस्पर विरोधी नभई परिपूरक… पुरा पढौ

सगरमाथा संवादका लागि भारतद्वारा १५ विद्युतीय सवारीसाधन हस्तान्तरण

काठमाडौं — नेपाल सरकारले आयोजना गरेको 'सगरमाथा संवाद' कार्यक्रमको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। नेपाल–भारत विकास साझेदारी अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहका क्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन्। समारोहमा मन्त्री डा. राणाले भारत सरकारप्रति आभार व्यक्त गर्दै सगरमाथा संवादजस्ता कार्यक्रमहरू जलवायु परिवर्तनजस्तो साझा चुनौतीको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन्। “जलवायु… पुरा पढौ

प्रचण्डको घोषणा: अब कांग्रेस-एमालेसँग होइन, माओवादी आफ्नै बाटोमा अघि बढ्छ

पाँचथर, वैशाख २७ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी पार्टी कांग्रेस र एमालेसँग नजोडिने स्पष्ट घोषणा गर्नुभएको छ। शुक्रबार फिदिम बजारमा माओवादी केन्द्र पाँचथरद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी आफ्नै खुट्टामा उभिएर अघि बढ्ने बताउनुभयो। उहाँले माओवादी नेतृत्वमा सुरु भएका मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता ठूला पूर्वाधार योजनाहरू जनहितका ऐतिहासिक कदम भएको उल्लेख गर्नुभयो। प्रचण्डले पछिल्लो कार्यकालमा आफूले सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान… पुरा पढौ

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार हुन् : परराष्ट्रमन्त्री डा. आरजु राणा

ललितपुर, वैशाख २८ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका वास्तविक पहरेदार भएको बताउनुभएको छ। नेपाल प्रेस युनियनद्वारा ललितपुरमा आयोजित ‘लोमान्थाङ इन्टरनेसनल मिडिया समिट’लाई आज सम्बोधन गर्दै मन्त्री राणाले भन्नुभयो, “स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन प्रणालीको पहरेदारी गर्न सक्छ, त्यसैले प्रेस स्वतन्त्रता विना प्रजातन्त्रको कल्पना गर्न सकिँदैन।” उहाँले वर्तमान समयमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता झनै आवश्यक र महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक, समावेशी र समुन्नत समाज निर्माणको आधार यही भएको बताउनुभयो। “सरकार सधैं… पुरा पढौ