राजनीति

कांग्रेस सभापति गगन थापाको राजीनामा

काठमाडौँ — निर्वाचनमा अप्रत्याशित पराजयपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठक बस्ने मिति तय भएपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। तर, पार्टीले राजीनामा सार्वजनिक गरेको छैन। ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उनको राजीनामाबारे औपचारिक छलफल हुने बताइएको छ। एक पदाधिकारीका अनुसार राजीनामा दिने निर्णय सभापतिको भए पनि स्वीकृति दिने/नदिने अधिकार कार्यसमितिकै हुनेछ। २७–३० पुसमा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। त्यसको वैधानिकताबारे दायर रिट… पुरा पढौ

अभिमुखीकरणमा रास्वपाको कडाइ: सांसदलाई मोबाइल प्रयोग गर्नै नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसदहरूलाई लक्षित गरी आगामी चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको महामन्त्री कबिन्द्र बुर्लाकाेटीले जनाएको छ । सूचनाअनुसार कार्यक्रम ललितपुरको खुमलटारस्थित होटेल रोयल टुलिप मा बिहान १० बजेबाट सुरु हुने छ। कार्यक्रममा पार्टीका सबै नवनिर्वाचित सांसदहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ। पार्टीले कार्यक्रम अवधिभर सांसदहरूको खाना तथा आवासको व्यवस्था ‘सेयरिङ बेसिस’ मा गर्ने जनाएको… पुरा पढौ

रास्वपाले समानुपातिक सुचिमा रहेका सांसदकाे नाम निर्वाचनमा आयोगमा पठायो

काठमाडौं ।चैत १ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा जाने समानुपातिक सुचीमा रहेका आफ्नो सदस्यहरूकाे नामावली निर्वाचन आयोगमा पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार चयन गरेको छ। कुल प्राप्त ५७ सिटका लागि आज बसेको सचिवालय बैठकले नाम छनोट गरी क्लस्टरअनुसारको सूची निर्वाचन आयोगमा बुझाएको हो। आयोगका अनुसार ९ जना पुरुष र ४८ जना महिला गरी कुल ५७ जनाको बन्दसूची रास्वपाले बुझाएको छ। सोअनुसार रास्वपाले नौ जना पुरुष उम्मेदवारलाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको छ। रास्वपाले पुरुषतर्फ खसआर्यको… पुरा पढौ

एमाले बागलुङ नगर कमिटी अध्यक्ष शर्माको राजीनामा

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष राजकृष्ण शर्माले पदबाट राजीनामा दिएका छन्। शर्माले आइतबार नगर कमिटी उपाध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। उनले प्रतिनिधि सभा क्षेत्र नं. १ बाट एमालेका सूर्य ध्वजावाहक उम्मेदवारलाई विजयी गराउन नसकेको तथा बागलुङ नगरपालिकाभित्र पार्टी कार्यकर्तालाई उत्साहित बनाउन र आम मतदाताको माग बुझ्न नसकेको भन्दै आत्मालोचना सहित नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिएको जनाएका छन्। पत्रमा उनले आजकै मितिदेखि लागू हुने गरी नगर कमिटी अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका… पुरा पढौ

निर्वाचनमा मतदान गर्ने मतदातालाई नेपाली कांग्रेस बागलुङ–१ को धन्यवाद

बागलुङ। प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले आभार व्यक्त गरेको छ। मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण मतदाता, शुभेच्छुक र समर्थकप्रति नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, सभापति चण्डी प्रसाद शर्माले बागलुङको निर्वाचन परिचालन समितिले हार्दिक धन्यवाद व्यक्त गरेको हो। समितिले जारी गरेको धन्यवाद ज्ञापनमा निरन्तर प्रयासका बाबजुद यस निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता… पुरा पढौ

पूर्वी रुकुममा प्रचण्डको विजय

पूर्वी रुकुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी भएका छन्। प्रचण्डले कुल १० हजार २ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत मात्र पाए। त्यस्तै, नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत हासिल गरिन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापा ८ सय ९९ मतमै सीमित भए। यससँगै नेपाली कम्युनिस्ट पार्टीले पूर्वी रुकुममा आफ्नो खाता खोलेको छ। पुरा पढौ

बागलुङ-१ मा सर्वदलीय बैठक सम्पन्न, विहान ११ बजेदेखि मतगणना हुने

बागलुङ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले बागलुङ क्षेत्र नम्बर-१ मा विहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ । भर्खरै सर्वदलीय बैठक सक्यौं, विहान ११ बजेदेखि मतगणना सुरु हुन्छ मुख्य निर्वाचन अधिकृत सीता देवी शर्मा अधिकारीले जानकारी दिनुभयो । शर्मा अधिकारीका अनुसार मतगणना दुईवटा पालिकाकाे एक एक वडाको एकैठाउमा मिसाएर गणना हुने भएको छ । पुरा पढौ

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङ । बागलुङमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो। जिल्लामा ५०.१९ प्रतिशत मत खसेको छ। जिल्लाभर ९७ हजार ५० मत खसेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत नवराज बरालले जानकारी दिनुभयो। कुल मतदातामध्ये ५२ हजार ८८१ महिला, ४४ हजार १६८ पुरुष र एक अन्य गरी ९७ हजार ५० मत खसेको बरालले बताउनुभयो। १० स्थानीय तह रहेको बागलुङमा हाल मतपेटिका संकलनको कार्य जारी रहेको छ। बागलुङ जिल्लामा… पुरा पढौ

बागलुङको अस्थायी केन्द्रमा मतदान सम्पन्नकारागारमा ९६.३६ प्रतिशत मत खस्यो

बागलुङ । बागलुङस्थित जिल्ला कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्ला कारागार बागलुङमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका छन्। यससँगै कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ। कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिहरूसँग छलफलपछि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ। बागलुङ जिल्लामा कुल २३० मतदान केन्द्र रहेका छन् भने एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन्। पुरा पढौ

बागलुङमा शान्तिपूर्ण रूपमा मतदान शुरू

बागलुङ फागुन २१ दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा प्रतिनिधि सभाकाे निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान कार्य शुरू भएको छ । बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुशील खड्का बागलुङ नगरपालिका वडा नम्बर ३ कालीका कन्या मन्दिर माध्यमिक बिद्यालयकाे मतदान केन्द्र बाट मतदान गरेका छन् । यस्तै एमाले उमेदवार हिरा बहादुर केसीले काठेखाेला ३  धम्जा केन्द्र बाट मतदान गरेका छन् । यस्तै क्षेत्र नम्बर २ नेपाली कम्युनिस्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले गलकाेट ५… पुरा पढौ