अर्थतन्त्र

सहकारीहरु सुध्रिनुको विकल्प छैन ः सचिव गोकर्णमणि दुवाडी

बागलुङ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव गोकर्णमणि दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँन नहुने बताउनु भएको छ । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाका संचालकहरुसँगको अन्तरक्रियमा बाल्दैे सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा सहकारी क्षेत्र धर्मराएको बताउनु भएको हो । केही सहकारीले बदमासी गर्दा समग्र क्षेत्रले बदनामी खेप्नुपरेको भन्दै मन्त्रालयले समस्याको समाधानको लागि पहल गरिरहेको बताउनु भयो । सञ्चालक र सदस्यहरु नियमनमा बाँधिन नसक्दा र सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखिएको भन्दै… पुरा पढौ

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने , निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गर्नुभयो । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ… पुरा पढौ

कालीका भगवती गुठीको बैशाख महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत २०८१ बैशाख महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले बैशाख महिनामा  ५८ लाख २४  हजार ७सय २८ रूपैयाँ आम्दानी र खर्च तर्फ ७२  लाख ५३ हजार १  सय ६५  रूपैयाँ भइ १४  लाख २८ हजार ४ सय ३७ रूपैयाँ बढी खर्च भएको हिसाब अनुमाेदन गरेको छ । बैशाख  महिनामा कालीका मन्दिर बाट भेटि बापत ३२ लाख ४०  हजार ३५ रूपैयाँ… पुरा पढौ

पेट्रोलमा ७ डिजेलमा ५ रूपैयाँ मुल्य घट्यो

काठमाडौं ।इन्डियन आयल कर्पोरेसन बाट मुल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको हो। जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ। घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ। पुरा पढौ

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, २ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति लिइएको बताउनुभएको छ । नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ, आर्थिक विस्तारमा सहयोग गर्छ… पुरा पढौ

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुने

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताउनुभएको छ । खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा प्रवाह हुने सेवालाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । “स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन र सुशासन कायम भएमा मात्रै सङ्घीयताको औचित्य स्थापित हुन सक्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “त्यसैले स्थानीय जनप्रतिनिधि जिम्मेवार र जनउत्तरदायी हुनुपर्छ ।” गाउँमा आएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै प्रधानमन्त्री… पुरा पढौ

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी ?

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताउनुभएको छ । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताउनुभयो । “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ – २५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सडक पूर्वाधार,… पुरा पढौ

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइने तयारी

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताउनुभएको छ । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो । “पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,… पुरा पढौ

सीप सिकेर आत्मनिर्भर बन्दै बागलुङका महिलाहरू

बागलुङ / "सीप सिकौं आत्मनिर्भर नारी बनौ" भन्ने नारा सहित आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङद्वारा ५० जना भन्दा बढी विभिन्न बिधामा रहेका आफ्ना बिद्यार्थी हरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ सदरमुकाममा एक कार्यक्रम संचालन गरि ५० जना बागलुङ का सक्रिय महिलाहरुलाइ १ हप्ते,१ महिने र ६ महिना गरि विभिन्न बिधामा बेसिक,डिप्लोमा कोर्स ट्रेनिङ गरेका महिलाहरुलाइ प्रमाणपत्र तथा बिदाइ गरेको आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल का संचालक एंव प्रशिक्षक चन्द्र छन्त्याल लामाले बताउनुभयो । कार्यक्रममा शुभकामना नेकपा… पुरा पढौ

सीप सिकेका महिला दिदीबहिनी लाई प्रमाणपत्र

बागलुङ / सीप सिकौं आत्मनिर्भर उद्यमशिल नारी बनौ ´´ नारा सहित आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङद्वारा ५० जना भन्दा बढी विभिन्न बिधामा रहेका आफ्ना बिद्यार्थी हरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ सदरमुकाममा एक कार्यक्रम संचालन गरि ५० जना बागलुङ का सक्रिय महिलाहरुलाइ १ हप्ते,१ महिने र ६ महिना गरि विभिन्न बिधामा बेसिक,डिप्लोमा कोर्स ट्रेनिङ गरेका महिलाहरुलाइ प्रमाणपत्र तथा बिदाइ गरेको आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल का संचालक एंव प्रशिक्षक चन्द्र छन्त्याल लामाले बताउनुभयो । कार्यक्रममा शुभकामना… पुरा पढौ