पेट्रोलमा ७ डिजेलमा ५ रूपैयाँ मुल्य घट्यो

-


     हिडन खबर    
     जेठ २ गते २०८१ मा प्रकाशित


काठमाडौं ।इन्डियन आयल कर्पोरेसन बाट मुल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको हो।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।