नयाँ भर्सनमा जुना श्रीष मगरकाे खाेली रसायाे

-


     हिडन खबर    
     वैशाख २ गते २०८१ मा प्रकाशित


काठमाडौ / कुनै समयकाे चर्चित लोकगीत ‘खोली रसायो’ नयाँ भर्सनमा आएको छ । यस गीतलाई नयाँ भर्सनमा गायिका जुना श्रीस मगर र अम्बर विरही गुरुङले बजारमा ल्याएका हुन् ।

नया बर्षकाे आगमन संगै खाेलि रसायाे माैलिक गितले आम दर्शक श्राेताकाे माया पाउनेमा गायिका जुना श्रीस ढुक्का छिन ।

मौलिक भेष भुषामा नेपालकाे लाेक संस्कृतिलाई जगेर्ना गर्ने साेचका साथ निर्माण गरिएकाे म्युजिक भिडियाे निकै उत्कृष्ट बनेकाे छ ।

अमर बिरही गुरूङकाे शब्द संगितमा जुना श्रिस मगर अग्रज अमर बिरही गुरूङकाे आवाजमा रहेकाे गीतकाे भिडियाेमा चर्चित गायिका देबि घर्ती,माेहन बल्लव,र भुमा श्रीसकाे मुख्य भुमिका रहेकाे छ ,सागर बिरहीकाे निर्देशन सुरेश श्रेष्ठकाे छाँयाङकन र राेसन गाहा मगरकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे जुना श्रीस मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।