नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा केसी सर्वसम्मत

-


     हिडन खबर    
     चैत्र ३० गते २०८० मा प्रकाशित


बागलुङ/ नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन् ।

बागलुङ सदरमुकाममा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पस्र्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् ।

उपाध्यक्षमा बिष्णु भुसाल सर्वसम्मत रूपमा चयन भएका छन् उपाध्यक्षमा भुसालको मात्रै उमेद्वारी परेको थियो । यसअघि उनी जिल्ला सचिव थिए ।

उपसचिवमा पनि सर्वसम्मत धन बहादुर परियार र करमती पुन चयन भएका छन् । उनीहरु दुई जनाको मात्रै उमेद्वारी परेको थियो ।

सचिवमा गणेश थापा, कुमार खड्का ,चन्द्र गणेशकाे उमेद्वारी परेको छ ।

सर्वसम्मत पदाधिकारी चयनको प्रयास भैरहेकाले सचिवमा उमेद्वार दिएकाहरुले समेत फिर्ता लिने एक नेताले बताए । सदस्यहरुमा पनि सर्वसम्मत प्रयास भैरहेको छ । निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा भने गरेको छैन् ।