तिर्सना घर्ती मगर र हेमन्त आलेकाे सालैजाे साेल्टिनी

-


     हिडन खबर    
     चैत्र २९ गते २०८० मा प्रकाशित


पाेखरा / झ्याउरे, सालैजो, झाम्रे, ठाडोभाखा र सोरठी यहाँका चर्चित भाका हुन् । तीनै गीतलाई आजभाेली होमस्टेमा पनि गाउन थालिएको छ।

राेधी जाँदा मादल बजाउँदै सबैले सजिलै गुनगुनाउने गीत भएकाले गण्डक क्षेत्रमा विशेष गरी सालैजाे गितकाे आफ्नै महत्व र बिशेषता रहेको छ ।

बागलुङकि लोकप्रिय गायिका तिर्सना घर्ती मगर र गायक हेमन्त आलेकाे मौलिक सालैजो गीत साेल्टिनीकाे रेशमी केश सालैजाे गित बजारमा आएको छ ।

मोडल आनन्द गुरूङ र लक्ष्मी गुरूङकाे नृत्य रहेको छ । शिव हमालकाे शब्द तथा हेमन्त आलेकाे संगितमा तिर्सना घर्ती मगर र हेमन्त आलेले स्वर दिएका छन ।

तिर्सना घर्ती मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे गितकाे दिप गुरूङले निर्देशन तथा छाँयाङका गरेका छन् भने पदम सुबेदीले नबिन सम्पादन गरेका हुन । भिडियाेकाे दृश्य निर्माण दिप फिल्मस प्राेडक्सन प्रालीले गरेकाे छ ।