
बागलुङ ।श्री कृष्ण आधारभुत बिधालयमा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नयाँ शैक्षिक सत्रमा नयाँ बिद्यार्थी भर्ना अभियान,पाठ्यपुस्तक बितरण र शिक्षाको गुणस्तर कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा नब निर्बाचित बिधालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको बिचमा
अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।
शैक्षिक गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण निर्णयहरु गर्दै
कक्षा १ देखि ५ कक्षा सम्मलाई अङ्ग्रेजी माध्यममा संचालन गर्ने बालकक्षा देखि कक्षा ८ सम्मका सम्पुर्ण बिद्यार्थीहरुलाइ साप्ताहिक समयतालिका अनुसार नेपाल सरकार बाट प्राप्त हुने रकममा नपुग रकम बिधालयबाट थप गर्ने गरि दिवा खाजा बिधालयमा बनाइ खुवा उने निर्णय गरेको छ ।
समय तालिका बनाइ बिधालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ र बिधालयका शिक्षकहरुले साप्ताहिक रुपमा घरदैलो कार्यक्रम संचालन गर्ने निम्न आयश्रोत भएका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री उपलब्ध गराउने अभिभावक र विद्यार्थीको चाहनाअनुसार बिधालय , टोल टोलमा न्युनतम शुल्क लिइ टिउसन कक्षा संचालन गर्ने
आधुनिक प्रबिधिमैत्री शिक्षण सिकाइ संचालन गर्ने प्राथनाको समयमा बिद्यार्थीको क्षमता पहिचान हुने कार्यक्रम सन्चालन गर्ने निर्णय भएको छ ।











