एसईई परीक्षामा बागलुङबाट ४ हजार ३ सय ९९ विद्यार्थी सहभागी बन्दै

-


     हिडन खबर    
     चैत्र १४ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङ जिल्लामा यस वर्ष हुने एसइई परीक्षामा ४ हजार ३ सय ९९ विद्यार्थीहरु सहभागी हुने भएका छन् ।
बिहीबारदेखि सुरु हुने परीक्षामा जिल्लाका १ सय ४६ विद्यालय मध्य सामुदायिक तर्फकाका १ सय १३, संस्थागत ३२ र १ खुल्ला विद्यालयका गरि ४ हजार ३ सय ९९ विद्यार्थीहरु सहभागी हुने भएका हुन ।

बागलुङमा नियमित तर्फ ४ हजार ५५, प्राबिधिक तर्फ २ सय २९ र ग्रेड वृद्धि तर्फ १ सय २५ गरि ४ हजार ३ सय ९९ विद्यार्थी परीक्षामा सहभागि हुने छन् ।

परिक्षाको लागि ३१ वटा परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्माले जानकारी दिनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई बागलुङले आयोजान गरेको पत्रकार भेटघाटमा इकाई प्रमुख शर्माले परीक्षाको सवै तयारी पूरा भएको बताउदै यो पटकको परीक्षा विगतका वर्षहरूमा भन्दा अझै व्यवस्थित र मर्यादित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको जानकारी दिनु भयो।

परीक्षा सञ्चालनको लागि ३१ केन्द्राध्यक्ष, ४८९ जना सहायक केन्द्राध्यक्ष, १ हजार ९ सय २८जना निरीक्षक, ५ सय २८ जना सहायक कर्मचारी, ८ सय ६७ जना सहयोगी कर्मचारी र प्रत्येक केन्द्रमा १४ जना सुरक्षाकर्मी रहने व्यस्था गरिएको शर्माले बताउनु भयो।

एसईई परीक्षामा बागलुङबाट ३ जना दृष्टि बिहीन र २२ जना बहिरा विद्यार्थी सहभागि हुँदै छन् ।

एसईई परीक्षामा सहभागि हुने विद्यार्थीको संख्यो अघिल्लो वर्षको तुलनामा घटेको छ । २०७९ मा भएको परीक्षामा ४ हजार ८ सय ३६ जना सहभागि भएका थिए । अघिल्लो वर्षको तुलनामा ४ सय ३६ जना घटेका हुन् । २०७८को एसईई परीक्षामा ४ हजार ८ सय ९३ विद्यार्थी परीक्षामा सहभागि थिए ।