चन्द्रागिरि नगरपालिकामा भुसिया कुकुरको आतंक सर्वसाधारण घाइते

-


     हिडन खबर    
     चैत्र १४ गते २०८० मा प्रकाशित


काठमाडौ /चन्द्रागिरि नगरपालिकाका सडकहरुमा भुसिया कुकुरको आतंक मच्चिरहेकाे छ ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ र ७ काे सिमाना घुमाउनेमा सडकमा खुल्ला छाडेका कुकुरले टाेकेर स्थानीय बासी घाइते भएका छन् ।

नगरमा भुसिया कुकुरले सडकमा आतंक मच्चाउदै
सडक हिडदुल गर्ने सर्वसाधारणलाइ जथाभावी रूपमा टाेक्न थालेपछि हिड्दुल गर्न समेत असुरक्षित हुदै गइरहेको सर्वसाधारणको भनाइ छ ।दिनहुँजसो ६ जना भन्दाबढी ब्यक्ति कुकुरको टाेकाइ बाट घाइते हुदै आएका छन् ।

सार्वजनिक स्थानमा रेविज लागेको कुकूर यत्रतत्र घुमि रहेको अवस्था छ भने साँझ पर्नासाथ बाटोमा हिड्डुल गर्न,गाडी तथा मोटर साइकलमा हिड्न पनि कठिन हुन थालेको भएतापनि सम्वन्धित निकाय कानमा तेल हालेर बसेको स्थानीय पुरूषाेत्तम उदासले बताए ।

सडकमा जथाभावी रूपमा छाडेका भुसीया कुकुरले आतंक मच्चाइ राख्दा समेत स्थानीय सरकार भने चुपचाप बसेकाे देखिन्छ ।छिटोभन्दाछिटो भुसिया कुकुर नियन्त्रण गरेर सडकमा सर्वसाधारण लाइ सहजरूपमा हिड्ने वातावरण मिलाउन जरुरी देखिन्छ ।