ब्लड क्यान्सर पिडित कलाकार बिर्ख बिश्वकर्मालाई  म्याग्दी आर्थिक सहयाेग

-


     हिडन खबर    
     चैत्र ७ गते २०८० मा प्रकाशित


काठमाडौं /राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितिका सदस्य तथा लाेकप्रिय कलाकार बिर्ख बिश्वकर्मा लाई म्याग्दी कलाकार संघले सहयाेग रकम हस्तान्तरण गरेकाे छ ।

बिगत २ बर्ष देखि ब्लड क्यान्सर जस्तो प्राण घातक रोग सङ्ग लडिरहेका गायक बिश्वकर्मालाई आर्थिक अभाबले उपचारमा समस्या भइरहेकाे बेलामा थाेरै भएपनि उपचार सहयाेग पुगाेस भन्ने हेतुले  म्याग्दी कलाकार सङ्घ काठमाडौंद्वारा समितिका सदस्य मार्फत रकम सङ्कलन गरिएकाे नगद  रू ५० हजार दुई सय संघका अध्यक्ष लालि बुढाथाेकिकाे नेतृत्वमा पुगेकाे टाेलीले गायक बिश्वकर्मालाई रकम हस्तान्तरण गरिएकाे हाे ।

आर्थिक अबस्था निकै कमजाेर  भएको कारण बिश्वकर्माकाे उपचारमा समस्या परेकाे माेडल सञ्चिता शाहिले बताउनु भयाे । कर्णाली प्रदेश जुम्ला जिल्ला घर भई हाल भरतपुर चितवन क्यान्सर हस्पिटलमा “बलड क्यान्सर” भएर उपचार गराईरहेका लोक तथा दोहोरी गायकबिर्ख बिश्वकर्मा लाई आर्थिक सहयोग गरि दिन सबैमा अनुराेध गरिएकाे छ ।