जिल्ला कारागार बागलुङको निरीक्षण तथा निर्देशन

-


     हिडन खबर    
     चैत्र ६ गते २०८० मा प्रकाशित


बागलुङ / जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले कारागार सुरक्षा गार्ड बागलुङमा पुगेर सम्पादित काम कारवाही र गुनासो सम्बोधनको विषयमा स्थलगत रुपमा निरीक्षण गर्नुभएकाे छ ।

कारागार सुरक्षा गार्डको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधि, कैदीबन्दीहरुको गुनासोबारे जानकारी समेत लिएर उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यवसायीक, अनुशासित एवम् कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भएको थियोे ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा सरूवा भएर आउनु भएका प्रहरी प्रमुख कडेलले शान्ति सुरक्षा लगायतका समसामयिक बिषयमा सक्रिय भएर सराेकारवाला संग भेटघाट छलफल अन्तरक्रिया गर्दै आउनुभएको छ ।