बागलुङको निसिखोलामा बस दुर्घटना ७ जनाको मृत्यु २५ जना घाइते

-


     हिडन खबर    
     चैत्र ५ गते २०८० मा प्रकाशित


बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बताए ।

बसमा सवार २५ जना घाइते मध्ये अधिकांसको अवस्था गम्भीर रहेको निरिक्षक विकले बताए ।

बसमा ३२ जना सवार रहेको घाइते सबैको उद्धार गरि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।