
बागलुङ / बागलुङ जिल्ला निसीखाेला गाउँपालिका वडा ।
नम्बर ६ जाउलेपानीमा रूकुमबाट काठमाडौ जादै गरेको बस दुर्घटना भएको छ ।
मध्यपहाडी लाेकमार्ग स्थित निसीखाेला ६ जाउलेपानीमा
बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सडक देखि अन्दाजी १५० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घटना घटेको लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका
प्रहरी निरिक्षक राजकुमार विकको कमाण्डमा १६ जनाको प्रहरी टोली खटि घटना स्थलमा पुगी घाईतेहरुको उद्धार कार्य भई रहेको सुचना अधिकारी मदन केसीले बताए ।
हाल सम्म ७ जना घाईतेहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाईएको, बोल्न नसक्ने, अवस्था गम्भिर रहेको, घाईतेहरुको नामावली खुल्न बाँकी रहेको केसी बताए ।









