
मान्छे म सानि सानि थिए
के सहि के गलत छुटाउन नसक्ने थिए
साच्चै धेरै अबुज नै थिए
पराइ भनु पराइ थिएनन
आफ्नो भनु राक्षस थिए
एक्लै हैन चार जना थिए
दुस्मन हैन आफ्नै परिवार भित्रका थिए
सुरु-सुरुमा चुम्बन गर्दै थिए
बिस्तारै बिस्तारै शरिरको हरेक अङ्गमा चुम्बन गर्दै थिए
मान्छे म सानि सानि थिए
कतै डर त कतै काउकुति लागे जस्तो भो
डाको छोडि रुन खोज्दा मुख थुनिदिएका थिए
हात खुट्टा फाल्न खोज्दा हात खुट्टा छोपिदिएका थिए
बिस्तारै-बिस्तारै मेरो शरिरको एक-एक कपडा फुकाल्दै थिए
त्यो बेलाको रोदन त्यो पिडा
मेरा आखाका आशुले प्रस्ट बताइरहेका थिए
गिद्दले सिनो लुछे झै उनिहरुले मलाई लुछिरहेका थिए
न डाको छोडि रुन सके
न डगमगाउन सकेकि थिए
कति सम्झिए आखा भरि टिल्पिल आशु पार्दै आमा तिमिलाइ
रोइ कराइ बिन्ति बिसाउदै थिए
म घर जान्छु छोर्डेउ मलाई भन्दै थिए
तर ति पापि राक्षसहरुले मेरो बिलौना सुनेनन आमा
माघ मैनाको त्यो चिसो मौसम थियो
मेरो शरिरसङ्ग खेलेर थाकेर पसिनै पसिना भएका थिए
पैत्तालिस मिनेटको लुछाइ पछी लखतरान भएर
म बाट अलगिएका थिए
म उठेर भाग्न खोज्दा उठन सकिन कत्ति पनि नडराइ मलाई उल्टै धम्कि दिदै थिए।।
बाहिर कतै भनिस भने तेरो ज्यान लिन्छौ ।
ज्यान त यसै लिसकेको थिए।।
मर्नु न बाच्नु भएकि थिए ।
शरिर पुरै रगताम्य र निलै डाम थियो
जसो तसो आफुलाइ सम्हाल्दै
त्यहाबाट उठेर घर तर्फ लागेकि थिए ।
जन्म दिने आमा समानकि मेरि ह्जुर-आमालाइ
देखेर अङ्गालो हालि डाको छोडि रोइरहेकि थिए
आमाको प्रशन : के भो नानि किन रोएकि शरिर भरि नि निलै डाम छ
जबाफ म निशब्द थिए
डाडा पारिको घाम जस्तै मेरि भएकि
मेरि ह्जुर-आमा सुनाएर हट्ट्याक आउला भन्ने डर लाग्यो।
ह्जुर-आमा बिनाको मेरो जिन्दगी सोच्न नि सक्दिन थिए
नसुनाउ त एता मेरो मन भतभति पोलेरहयो
का जाउ के गरु सारै आत्तिएकि थिए
आफ्नै घर भित्र सुरक्षित थिन म।।
मेरो पिडा बुझिदिने कोइ भएनन
कानुनसम्म नि पुगेकि थिए।
कानुनले त पैसा र प्रमाण खोज्यो
दुबै मसङ्ग थिएन म मौन थिए ।
म आफ्नै परिवारबाट बलात्कृत
भएर पनि मौन बस्न बाध्य भएकि चेलि थिए ।।












