
बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ ।
जिल्ला अदालत बागलुङले २०७९ पुस २८ गते गरेको फैसला आदेश अनुसार लागु आैंषध कसुर मुद्दामा ४ बर्ष १ महिना कैद सजाय ताेकिएका फरार प्रतिवादी बागलुङ जिल्ला निसीखाेला गाउँ पालिका वडा नम्बर ६ बस्ने बर्ष ३८ का टेकबहादुर घर्ती मगरलाई बुर्तिवाङ बाट खटिएको प्रहरी टाेलीले कानून बमोजिम पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी मदन केसीले बताए ।
पक्राउ परेका घर्ती मगरलाई लगत कट्टाकाे लागि आइतबार जिल्ला अदालत बागलुङमा पठाइएको केसीले बताए ।
जिल्ला प्रहरी कार्यालयले अदालतले मुद्दा चलाइ कैद सजाय ताेकेर पनि फरार रहेका प्रतिवादी खाेजविन गर्दै पक्राउ गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ ।









