
बागलुङ / नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङको दशाैं अधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्वको लागि पुन रस्साकस्सी शुरू भएकाे छ ।
आउने चैत महिनाको अन्त्य तिर हुन लागेको अधिवेशन आउन एक महिना बाकी हुदै गर्दा एमालेको अध्यक्ष हुन वर्तमान अध्यक्ष हीराबहादुर केसी आफ्नो तरिकाले लागि राखेका छन् ।यस्तै एमालेमा अध्यक्ष हुन जनक राज पाैडेल पनि वातावरण मिलेकाे खण्डमा आफु पनि उमेदवार बन्न तयार रहेको बताए । यस्तै एमाले अध्यक्षकाे लागि वर्तमान सचिव बिष्णु भुसालले यसपटक अध्यक्ष हुन पालाे आफ्नो भएको हुदा सशक्त दाबी रहेको हिडन खबर लाइ बताउनुभयो ।
यस्तै एमालेका अध्यक्षकाे नेतृत्वको लागि हरिनारायण गाैतम पनि आकांक्षी देखिएका छन् गाैतमले यसपटक आफु एमालेकाे अध्यक्षमा उमेदवार बन्ने तयारीमा लागेको हिडन खबरलाइ बताउनुभयो ।
चैत २९ गतेदेखि हुने अधिवेशनको तयारीको लागि यहीँ चैत ९ गते एमाले सचिवालयकाे बैठक बसेर अधिवेशनमा आउने प्रतिनिधि चयन गर्ने दिन तय गर्ने कार्यक्रम रहेको
एमाले सचिव भुसालले बताउनुभयो ।
अहिले ४ जना आकांक्षी देखिएको भएपनि अधिवेशनको लागि छनाेट हुने प्रतिनिधिमा भर पर्ने देखिन्छ ।
नेकपा विभाजन पश्चात् २०७८ साल पुस २३ गतेदेखि २६ गतेसम्म बागलुङ सदरमुकाममा सम्पन्न भएको नवाैं अधिवेशन बाट हिरा केसी अध्यक्षमा निर्वाचित भएका थिए ।









