
काठमाडौं / राष्ट्रिय संगितकर्मि संघ जिल्ला कार्य समिति बागलुङकाे प्रथम अधिबेशन तथा साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले राकेश सोनीकाे अध्यक्षमा निर्वाचित भएका छन । शनिबार शालघारी राेधिघर काेटेश्वरमा सम्पन्न
अधिबेशनबाट ३१ सदस्य कार्य समिति चयन गरेकाे छ।
अधिवेशनबाट उपाध्यक्षमा सुर्य गाैतम,कमल थापा महिला उपाध्यक्षमा उत्साह घिमिरे,सचिब भुबन लामिछाने बिक,सहसचिब पुष्कर विवेक,सुमन थापा ,काेषाध्यक्ष रितु बाेहाेरा,सहकाेषध्यक्ष सुर्य बाेहाेरा, कमल कुमार बिक,राेशनि रसाईली,सदस्यहरूमा ताराकान्त बिक,बिन्दु बिसि, बिन्दु सुनार समितिमा चयन भएका छन बाकि सदस्य पुन चयन गर्ने संघले जनायकाे छ ।
राष्ट्रिय संगीतकर्मी संघ २०६२ साल मंसिर १६ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र नेपाल सरकार समाज कल्याण परिषद मा दर्ता भएर स्थापना भएको थियाे संघले ७७ वटै जिल्लामा संगठन बिस्तार गर्ने कार्यक्रम बनाएको छ ।









