
जाबो, एउटा भुई मान्छे म तिम्रो संसार कसरी हुन सक्छ
सुरु सुरुमा संसार लाग्ने बिस्तारै बेकार कसरी हुन सक्छ
तिमीलाई फुल सम्झेर सजाएकी छु शिर अनि दिल भित्र
दिलमा राखेको मान्छे बाटै दिलमा प्रहार कसरी हुन सक्छ
अच्चमैको हुँदो रैछ यो मापन बिनाको प्रेम अनि मन पनि
जस्लाई भेट्न आतुर उसैलाई छुट्न हतार कसरी हुन सक्छ
सुन्दरता र धनको पछि प्रतिस्पर्धा चलिरहेको यो बेलामा
अब खै? मन सङ्ग मन जोडिएको प्यार कसरी हुन सक्छ
फुल फुलाउन अनि फल फलाउन बाकी नै छ माया प्रीतिको
सोच त हामी बिचको प्रेम परिस्थितिको मार कसरी हुन सक्छ ?
२०८०/१२/०१












